
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटले उद्योग र व्यवसायीका लागि करको भार अपेक्षित रुपमा नघटाएको बताएका छन् । महासंघले आयोजना गरेको ‘आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि नीति संवाद’ कार्यक्रममा अध्यक्ष श्रेष्ठले बजेटले करको वास्तविक भार अपेक्षित रूपमा नघटाएको बताएका हुन् ।
‘३६० वस्तुको अन्तःशुल्क खारेज गरिएको घोषणा सतहमा स्वागतयोग्य देखिन्छ । तर वास्तवमा तीमध्ये धेरैलाई आन्तरिक उत्पादन प्रवर्धन तथा संरक्षण शुल्क र स्वच्छ पूर्वाधार लगानी शुल्कमा समायोजन गरिएको छ’ उनले भने, ‘फलस्वरूप, उद्योगी र उपभोक्तामाथिको करको वास्तविक भार त्यति घट्दैन । नाम फेरेर भार कायम राख्ने यस्तो प्रवृत्तिले नीतिगत पारदर्शिता माथि प्रश्न खडा गर्छ ।’ साथै, कच्चा पदार्थमा दिइएको राहत पनि सतही भएको उनको टिप्पणी छ । २७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाइनु राम्रो कदम भएपनि यी मध्ये अधिकांश वस्तु सहायक कच्चा पदार्थ मात्रै भएको र मुख्य कच्चा पदार्थमा ठोस राहत नआएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
यसैगरी, साना किसानमाथि प्रत्यक्ष असर पर्ने व्यवस्था आत्मनिर्भरताको लक्ष्यसँग बाझिएको भन्दै उनले साना किसानले प्रयोग गर्ने कृषि औजारमा भन्सार दर एक प्रतिशतबाट पाँच प्रतिशत पुर्याइएको बताए । यसले प्रत्यक्ष रूपमा कृषकलाई मार पार्ने भन्दै महासंघको तर्फबाट यस्तो भन्सार दरलाई साविककै एक प्रतिशत कायम गर्न माग पनि गरेका छन् ।
यस्तै, लामो समयदेखि थन्किएका कर विवादलाई एक प्रतिशत थप शुल्कमा फस्र्योट गर्ने छूट स्किम स्वागतयोग्य रहेको तर कर विवाद निरूपणको समयसीमा साँघुरो रहेको बताए । यसको अवधि २०८३ पुस मसान्तसम्म मात्र तोकिनु अपर्याप्त भन्दै लक्षित करदातालाई पर्याप्त रूपमा समेट्न यो समयसीमा कम्तीमा चैत मसान्तसम्म विस्तार गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।












समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह