
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले लगानीकर्ता र शेयरधनीलाई हकप्रद शेयर र एफपीओ ल्याउने भएको छ।संस्थाले यी दुवै शेयर निष्कासनको प्रस्ताव आफ्नो वार्षिक साधारणसभामा पेस गर्ने भएको छ। संस्थाले आफ्नो सातौँ वार्षिक साधारणसभा यही असार ३२ गते आयोजना गर्दैछ। सभा कैलालीको लम्कीस्थित केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभामा कम्पनीले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री खुला गर्नेछ।
सोही सभाले कम्पनीले ११ करोड ४९ लाख ९८ हजार २६० रुपैयाँबराबरको एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ। यो एफपीओ कम्पनीले संस्थाको शेयर संरचना संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत कायम गर्न ल्याउन लागेको हो।
सभाले अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर र प्राप्तिमा जारी विशेष प्रस्ताव पनि पारित गर्नेछ। सभाले गत आर्थिक वर्ष २०८१।८२ को वार्षिक तथा आर्थिक प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।
सभा प्रयोजनका लागि संस्थाले यही असार २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार २२ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो संस्थाको सभामा भाग लिन योग्य हुनेछन्।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै