
काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया सम्पन्न भई आजदेखि एकीकृत कारोबार सञ्चालन हुने भएको छ। मर्जरपछि दुवै संस्थाको संयुक्त कारोबार ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट सञ्चालन हुनेछ।
नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रार कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भइसकेको जानकारी दुवै संस्थाले दिएका छन्। स्वीकृति अनुसार समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सम्पूर्ण सम्पत्ति, दायित्व, ऋण तथा अन्य वित्तीय दायित्वहरू अब गाभ्ने संस्था पोखरा फाइनान्स लिमिटेडले वहन गर्नेछ।
मर्जरपश्चात् संस्थाको केन्द्रीय कार्यालय काठमाण्डौ महानगरपालिका–२८, पुतलीसडकमा रहनेछ, जुन पहिले समृद्धि फाइनान्सको कार्यालय रहेको स्थान हो। यसैबीच नेप्सेले दुवै संस्थाको सेयर कारोबार आजदेखि नै रोक्का राख्ने भएको छ ।
यसअघि नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडमाथि लागू गरिएको शीघ्र सुधारात्मक कारवाही फुकुवा गरेको थियो। समृद्धि फाइनान्ससँग गाभिएपछि संयुक्त संस्थाको पूँजीकोष अवस्था नियामकीय मापदण्डअनुसार सुधार हुने देखिएकाले उक्त निर्णय गरिएको हो।
राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका अनुसार पोखरा फाइनान्सको २०८० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरण तथा आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक गैरस्थलगत विवरणको सुपरिवेक्षकीय समायोजनपछि संस्थाको पूँजीकोष अनुपात तोकिएको न्यूनतम सीमाभन्दा निकै तल पुगेको थियो।












समाचार
भोटेकोशी बाढीः हालसम्म ९५ जनाको शव भेटियो
तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारसँग महासंघको आग्रह
भोटेकोशी बाढीले दर्जनौँ जलविद्युत आयोजनामा क्षति, उद्धार र पुनर्निर्माणलाई प्राथमिकता दिन इप्पानको आग्रह
महँगीको चपेटामा उपभोक्ता, सरकारको लक्ष्यभन्दा माथि पुग्यो मुद्रास्फीति
भोटेकोशीमा बाढी: भारत, चीन र विश्व बैंकले सोधे- कस्तो सहयोग कहाँ पठाऊँ ?
बाढीपीडितका लागि एनआरएनएले तत्काल ५ करोड सहयोग गर्ने
महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बीच औद्योगिक सम्बन्ध, लगानीको वातावरण र रोजगारी विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी प्रभावितलाई टेलिकमको निशुल्क सेवा
नुवाकोटमा बाढी प्रभावित केन्द्रको परीक्षा स्थगित गर्ने त्रिविको निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय