आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) पदका लागि आवेदन आह्वान गरेको छ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको उक्त लघुवित्त संस्थाले व्यवस्थापकीय नेतृत्वलाई थप सक्षम, प्रभावकारी र व्यावसायिक बनाउने उद्देश्यले रिक्त रहेको डेपुटी सीईओ पदमा योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

आवेदकले व्यवस्थापन, बैंकिङ, वित्त, अर्थशास्त्र, वाणिज्य, तथ्याङ्कशास्त्र, प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकीय तहमा कम्तीमा सात वर्षको कार्यानुभव वा सोही विषयमा स्नातक उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्थाको अधिकृत वा सोभन्दा माथिल्लो तहमा कम्तीमा १० वर्षको कार्यानुभव प्राप्त गरेको हुनुपर्नेछ।

त्यस्तै, आवेदन दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर कम्तीमा ४० वर्ष पूरा भई ५८ वर्ष ननाघेको हुनुपर्ने संस्थाले जनाएको छ।

आवेदनसँग शैक्षिक योग्यता, कार्यअनुभव, इमेल र मोबाइल नम्बर उल्लेख गरिएको हस्ताक्षरसहितको विस्तृत व्यक्तिगत विवरण (बायोडाटा) तथा एक प्रति पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। संस्थाले प्रकाशित सूचनाअनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र vacancy.aclbsl@gmail.com इमेलमार्फत आवेदन पेश गर्नुपर्नेछ।

आरम्भ चौतारी लघुवित्तले हाल सातै प्रदेशका ५७ जिल्लामा रहेका १३४ शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया

ताजा अपडेट