
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नाफामा भारी गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा ४ करोड १ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.१५ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमासिकसम्म कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यद्यपि कम्पनीको खुद ब्याज आम्दानी भने समीक्षा अवधिमा सामान्य बढेको छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको यसतो आम्दानी २ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ६७ करोड ५४ लाख रुपैयाँ रहेको थियो । आम्दानीमा सुधार नै देखिएको भए पनि जेनजी आन्दोलन र बाढी पहिरोको कारण ठूलो मात्रामा दाबी परेकोले नाफामा तीव्र दबाब परेको देखिएको छ ।
यता कम्पनीको निर्जीवन बीमाकोष ५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँबाट झण्डै दोब्बर अर्थात् ९७.९६ प्रतिशतले बढेर ११ अर्ब १५ करोड ९९ लाख रुपैयाँ नाघेको छ । यद्यपि लगानी तथा कर्जाबाट हुने आम्दानीमा करीब ३२ प्रतिशतको गिरावट देखिएको छ । यता कम्पनीको कुल आम्दानी २ अर्ब १५ करोड ७८ लाख रुपैयाँबाट घटेर १ अर्ब ९२ करोड २४ लाख रुपैयाँमा झर्दा कुल खर्च भने १ अर्ब ५२ करोड ६८ लाख रुपैयाँबाट बढेर १ अर्ब ८६ करोड ५१ लाख रुपैयाँ नाघेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २१.५५ रुपैयाँबाट घटेर १.९१ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ २५०.०६ रुपैयाँ कायम भएको छ ।
चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २३ करोड १८ लाख रुपैयाँ र जगेडा कोषमा ३३ करोड २७ लाख रुपैयाँ सञ्चिति रहेको छ । चैत मसान्तसम्म आइपुग्दा कम्पनीले करीब ८ अर्ब रुपैयाँ लगानी गरेको छ ।













समाचार
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!