
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैतर्फ वृद्धि भएको छ । यस अवधिमा कुल वस्तु निर्यात १४.२ प्रतिशतले बढेर २४८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार भारत तथा अन्य मुलुकतर्फको निर्यात बढे पनि चीनतर्फको निर्यात ४१.७ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा भटमासको तेल, अलैँची, पाम तेल तथा चाउचाउको निर्यातमा उल्लेख्य वृद्धि भएको छ।
यसैगरी कुल वस्तु आयात १४.८ प्रतिशतले बढेर १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। भारतबाट आयात १०.६ प्रतिशत, चीनबाट २१.४ प्रतिशत तथा अन्य मुलुकबाट २०.७ प्रतिशतले वृद्धि भएको छ। पेट्रोलियम पदार्थ, रासायनिक मल, चाँदी तथा यातायातका साधनको आयात बढेको छ भने खाने तेल, दाल तथा छड–वायरजस्ता निर्माण सामग्रीको आयातमा कमी आएको राष्ट्र बैंकले जनाएको छ ।
आयातको तुलनामा निर्यात न्यून रहँदा व्यापार घाटा अझै फराकिलो बनेको छ। समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १४.९ प्रतिशतले बढेर १४ खर्ब ४३ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । निर्यात–आयात अनुपात १४.७ प्रतिशत रहेको छ जुन अघिल्लो वर्षको सोही अवधिमा १४.८ प्रतिशत थियो। राष्ट्र बैंकका अनुसार बढ्दो आयातका कारण व्यापार घाटामा निरन्तर चाप परेको देखिएको छ ।













समाचार
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ
हिमालीविपद् सामना गर्न नेपाल–चीन सहकार्य आवश्यक : चिनियाँ राजदूत झाङ
बाढीका कारण बैंकका १७ वटा शाखा प्रभावित, ७२.४ करोडको क्षति
दुई दिनमा भारतबाट ३ लाख ४५ हजार सिलिन्डर ग्यास आयात
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
प्याब्सनद्वारा विपद् राहत कोषमा १२ करोड सहयोग, पाँच विद्यालयका लागि २ करोड
नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान