
काठमाडौं। नेपालले न्युजिल्यान्ड ‘ए’ टोलीसँग ५० ओभरको अभ्यास खेल खेल्ने भएको छ। दुवै टोलीबीचको खेल आगामी ६ सेप्टेम्बरमा अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा हुनेछ।
नेपालले २१ देखि २९ अगस्टसम्म अस्ट्रेलियामा आयोजना हुने टप इन्ड टी–२० प्रतियोगितामा सहभागिता जनाउने छ। त्यसपछि न्युजिल्यान्ड ‘ए’सँग एकदिवसीय अभ्यास खेल खेल्न लागेको हो।
यसैबीच, न्युजिल्यान्ड ‘ए’ टोलीको घोषणा गरिएको छ। टोलीमा मुहम्मद अब्बास, आदि अशोक, म्याट बोयल, म्याक्स चु, कटेने क्लार्क, क्रिस्टियन क्लार्क, जोश क्लार्कसन, म्याट फिसर, डिन फक्सक्रफ्ट, ज्याक गिब्सन, मिच हे, बेभोन ज्याकब्स, जेडन लेनोक्स, बेन लिस्टर, राइस मारिउ र टिम रोबिन्सन रहेका छन्। नेपालका लागि यो अभ्यास खेल आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
फेसबुक प्रतिक्रिया












समाचार
करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने
लालीगुराँस र मनास्लु सेमिफाइनलमा
करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ
ट्रम्पको हेलिकप्टर यात्रुवाहक विमानसँग अत्यन्त नजिक पुगेको घटना छानबिनमा
आयल निगमको कार्यकारी निर्देशकमा साह नियुक्त
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण आवश्यक : अध्यक्ष अग्रवाल
लोअर ठुलोखोला जलविद्युत आयोजना निर्माणका लागि नेपाल बैंक र चितवन इनर्जीबीच कर्जा सम्झौता
नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि पाँच जना परे संक्षिप्त सूचीमा, २५ गते अन्तर्वार्ता हुने
सूचीकृत कम्पनीहरूलाई असोज मसान्तभित्र वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको निर्देशन
मेटाले एआई कोडिङ एजेन्ट ‘म्युज कोड’ सार्वजनिक गर्यो