
काठमाडौं । नेपालले वेस्ट इन्डिजसँगको अन्तिम खेलमा पराजित भएको छ । मंगलबार सम्पन्न अन्तिम खेलमा नेपाल १० विकेटले पराजित भएको हो ।
यो हारसँगै नेपालले ऐतिहासिक सिरिज क्लिन स्वीप गर्ने मौका गुमायो । अन्तिम खेलमा पराजित भए पनि नेपालले सिरिज भने २–१ ले जितेको छ । टेस्ट टोलीसँग पहिलोपल्ट सिरिज खेलेको नेपालले पहिलो खेलमा १९ र दोस्रो खेलमा ९० रनको जित हात पारेको थियो ।
नेपालले दिएको १२३ रनको लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । यसपल्ट नायक भने ओपनरद्वय अमीर जोङ्गु र अकिम अगुस्टे । यी दुई खेलाडीले अविजित पारी खेल्दै नेपालविरुद्ध क्लिन स्वीप हुनबाट टोलीलाई जोगाए । अमीरले ७४ रन बनाए भने अकिमले पनि ४१ रनको योगदान दिए ।
त्यसअघि शारजाह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनाएको थियो। नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । कप्तान रोहितकुमार पौडेल १७ रनमा आउट भए । अन्य ब्याटरको प्रदर्शन सम्झनयोग्य रहेन । वेस्ट इन्डिजका रमोन सिमन्ड्सले सर्वाधिक चार विकेट लिए ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व