
काठमाडौं । ‘मिस नेपाल २०२६’ दीपमाला ढकाल र नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ । भेटवार्ता पछि ढकालले गभर्नर पौडेलसँगको मेरो भेट साँच्चिकै प्रेरणादायी रहेको बताएकी छिन् । उनले पौडेलसँग वित्तीय क्षेत्रको कुराकानी भएको बताईन् ।
‘हामीबीच भएको सबैभन्दा प्रभावशाली कुराकानीमध्ये एक वित्तीय संकटले मानिसको जीवनमा पार्ने असरबारे थियो। विशेषगरी, दुःखद रूपमा, ऋणको बोझ र आर्थिक दबाबले युवा जीवनलाई समेत कसरी अत्यधिक प्रभावित गर्न सक्छ भन्ने विषयमा हामीले गम्भीर छलफल गर्यौँ, ढकालले भनिन्,‘ त्यसैले वित्तीय साक्षरता, सहज रूपमा उपलब्ध वित्तीय सहयोग, आर्थिक अवसर र मानवीय संवेदनशीलतामा आधारित नीतिनिर्माण अत्यन्त महत्वपूर्ण छन्।’
उनले मिस नेपालका रूपमा आफ्नो आवाजमार्फत यस्तो नेपाल निर्माणमा योगदान पुर्याउने मेरो चाहना छ, जहाँ आर्थिक कठिनाइको सामना गर्नेहरूलाई समस्या मात्र होइन, समाधान र सहयोग पनि प्राप्त होस्—र जहाँ कुनै पनि युवाले आफ्नो वर्तमान परिस्थिति आफ्नो भविष्यभन्दा ठूलो भएको महसुस गर्न नपरोस् भनेकी छिन् ।
ऋण ठूलो हुन सक्छ, तर जीवनभन्दा ठूलो कहिल्यै नहुने बताउदै ढकालले ऋणको समाधान खोज्न सकिन्छस एउटा जीवनको विकल्प खोज्न नसकिने बताएकी छिन् ।













समाचार
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जना काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ
तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत
असम्भव भयो गगनको सर्वसम्मत बन्ने चाहना
तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ: महासङ्घ
निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?
तीनकुने घटनामा आयोगको रिपोर्ट : सुरक्षा निकाय र प्रदर्शनकारी दुवैको कमजोरी
बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो
ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
दोहोरो वायुको प्रभाव कायमै : दुई प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर