
काठमाडौं । कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सरकारले कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने विषय मूल प्रथमिकतामा राखेको बताएकी छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले युवाको सहभागिता विस्तारमार्फत नवीन सोच, ऊर्जा र केही गरौँ भन्ने भावनालाई राष्ट्रको समृद्धिमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गरिन् ।
मन्त्री चौधरीले युवा वर्गले कृषि क्षेत्रको विकासमा नवीन दृष्टिकोण, वन तथा वातावरण जगेर्नाका लागि महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरिन् । देश विकासमा बलियो जनशक्ति युवा भएको बताउँदै उनले युवा सशक्तिकरणलाई प्रभावकारी बनाउन ग्रामीण क्षेत्रलाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिए ।
अन्तर्राष्ट्रिय युवा दिवसको यस वर्षको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००० देखि १२ अगस्टमा दिवस मनाउने गरिँदै आएको छ ।
राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा युवाकेन्द्रित नीति निर्माण तथा समाजमा युवा सहभागिता बढाउने उद्देश्यले अन्तरराष्ट्रिय युवा दिवस मनाइन्छ ।













समाचार
सानिमा रिलायन्स लाइफको नाफामा झिनो सुधार, जीवन बीमा कोष २५ अर्ब माथि
६० प्रतिशतले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको नाफा, इपीएस सहित अन्य सूचक कस्ता ?
नेपाल लाइफको नाफा ४६ करोड माथि, जीवन बीमाकोष पौने ३ अर्ब नजिक
एलआईसी नेपालको नाफा साढे २८ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक
साढे ७ प्रतिशतले बढ्यो सर्वोत्तम सिमेन्टको नाफा, अन्य सूचक कस्ता ?
नागरिक लगानी कोषको खुद नाफामा सुधार, ईपीएस कति ?
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउको विरोधमा भत्सर्ना, अविलम्ब रिहाइ गर्न विभिन्न पत्रकार संङहरुको माग
प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जना पक्राउ
आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन
आज राष्ट्रियसभाको बैठक, पाँच संसदीय समितिको पनि बैठक बस्दै