
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा , युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७६ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ११ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ २५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५८ पैसा र बिक्रीदर २२ रुपैयाँ ६७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४० रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४ रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७५ पैसा र बिक्रीदर १० रुपैयाँ ८० पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६ रुपैयाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४९ पैसा र बिक्रीदर २३ रुपैयाँ ५९ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४० पैसा र बिक्रीदर १९ रुपैयाँ ४८ पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ४५ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ७९ पैसा बिक्रीदर ४०५ रुपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ९७ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।












समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै