
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको व्यवसायमा आक्रामक देखिएको छ । कम्पनी व्यवसायमा आक्रामक देखिए पनि नाफामा भने गिरावट देखिएको छ ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको परिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा ६१ प्रतिशले नाफामा गिरावट आएको छ । कम्पनीले गत आर्थिक वर्षको अन्तिमसम्ममा १३ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ६१.३९ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ३३ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको चुक्ता पूँजी ५ प्रतिशतले वृद्धि भई २ अर्ब २५ करोड ७५ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १५ करोड रुपैयाँ मात्र थियो । कम्पनीको बीमा कोष ६.२७ प्रतिशतले बढेर ४ अर्ब ३६ करोड १९ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष यस्तो कोष ४ अर्ब १० करोड ४७ लाख रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षमा कम्पनीले ८३ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको भन्दा ९ प्रतिशतले धेरै हो । यस्तो शुल्क आर्जन अघिल्लो वर्ष ७६ करोड ४२ लाख रुपैयाँ रहेको थियो । यस्तै समीक्षा अवधिमा कम्पनीले १ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष १ अर्ब १६ करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । कम्पनीले सम्भावित जोखिमलाई मध्यनजर गर्दै महाविपत्ति कोषमा पनि १४.१५ प्रतिशत वृद्धि गरी ५ करोड २४ लाख रुपैयाँ पुर्याएको छ ।
कम्पनीको प्रतिशेयर नेटवर्थ १४७.३३ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर आम्दानी ५.७७ रुपैयाँ रहेको छ । कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात ५.८५ प्रतिशतमै यथावत रहेको छ ।












समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै