महानगर प्रमुख आचार्यसँग रसियन दूतावासका प्रतिनिधिको भेट

गण्डकी । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपालस्थित रसियन दूतावासकी काउन्सिलर तथा काठमाडौँस्थित रसियन हाउसकी निर्देशक अनास्तासिया खोख्लोभाले आज भेटवार्ता गरेका छन् । नेपाल र रसियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा पोखरामा भएको भेटवार्तामा पोखरा र रसियाका नगरहरूबीच भगिनी सम्बन्ध कायम गर्दै दुईपक्षीय हित तथा सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको हो ।

भेटमा पर्यटन, सूचना प्रविधि, स्थानीय उत्पादन तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावनाबारे छलफल भएको जनाइएको छ । महानगर प्रमुख आचार्यले पोखरा र रसियाका नगरबीच भगिनी सम्बन्ध कायम गरी पर्यटन, संस्कृति, प्रविधि तथा स्थानीय उत्पादनका क्षेत्रमा दीर्घकालीन सहकार्य अघि बढाउन सकिने बताएका छन् । उनले यस्ता सहकार्यले दुई देशका स्थानीय तहबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै जनस्तरको सम्बन्ध विस्तारमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरे । भेटका क्रममा पोखराको पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनलाई अन्तरराष्ट्रिय बजारसम्म पुर्याउने, सूचना प्रविधिको क्षेत्रमा ज्ञान तथा अनुभव आदानप्रदान गर्ने र दुवै देशका नगरबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्ने विषयमा जोड दिइएको थियो ।

फेसबुक प्रतिक्रिया

ताजा अपडेट