
काठमाडौं । संघीय संसद्अन्तर्गत आज विभिन्न नौवटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक नभएका कारण एकै दिन नौवटा समितिको बैठक बोलाइएको छ । प्रतिनिधिसभाको बैठक भदौ ८ गतेका लागि तय भएको छ ।
अर्थसमितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफल जारी रहनेछ । बैठकमा अर्थमन्त्री र अर्थसचिवलाई बोलाइएको छ । बैठक बिहान ११ बजे बस्नेछ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीलगायत विषयमा आयोगका पदाधिकारीसँग छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।
सार्वजनिक लेखा समितिको बैठकमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षणका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान १० बजे बस्दै छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा होटेल एसोसिएसन नेपाललगायतका सरोकारवाला निकायसँग छलफल गर्ने कार्यक्रम छ । बैठक बिहान ११ बजे बस्नेछ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा प्राप्त उजुरीका सम्बन्धमा छलफल हुनेछ । बैठक बिहान १० बजे बस्नेछ ।
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘नेपालमा जैविक/प्रांग्रारिक मलको उत्पादन, भण्डारण तथा बिक्री वितरणको अवस्था सुधार गर्दै कृषि उत्पादन नघट्ने गरी रासायनिक मलको प्रयोग क्रमशः घटाउने’ सम्बन्धमा उत्पादकहरूसँग छलफल’ हुँदै छ । बैठक बिहान १० बजेका लागि बोलाइएको छ । पूर्वाधार विकास समितिको बैठकमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति अन्तर्गतको वाग्मती ब्युटिफिकेसन आयोजनाका बारेमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान १० बजे बस्नेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १० बजे बस्ने तय छ । बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’का सम्बन्धमा छलफल हुनेछ ।
विधायन व्यवस्थापन समितिको बैठकमा विधायिकी अन्तरसम्बन्धमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष र कार्यकारी निर्देशकसँग छलफल गर्ने कार्यक्रम छ । बैठक दिउँसो १ बजे बस्नेछ ।













समाचार
ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु
ब्रोकर नं. ९३ को कारोबार रोक्काको निर्णयप्रति संघको ध्यानाकर्षण
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
स्वस्तिक लघुवित्तको सातौँ वार्षिक साधारणसभा भदौ २७ गते, हकप्रद सेयर निष्कासन मुख्य एजेण्डा
नेपालगञ्ज-पोखरा उडान पुनः सुरु हुँदै
भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा
लिखु गाउँपालिकाले सुविधा सम्पन्न भवन निर्माण गर्दै
प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च
युनाइटेड अजोड र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सेयर नेप्सेमा सूचीकृत
स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा