
गुल्मी । धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना महिलाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका-७ कुडापानी निवासी ५५ वर्षीया कमला पाण्डेको बाँदर धपाउने क्रममा लडेर घाइते भएकी उनकाे उपचारका लागि गुल्मी अस्पताल तम्घासमा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उपचारका क्रममा उनको आज साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए। पाण्डे स्थानीय निउरेनी जङ्गलको गोरेटो बाटोबाट चिप्लिएर करिब २५ मिटर तल खस्दा गम्भीर घाइते भएकि थिइन्। घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी सहायक निरीक्षक विष्णुबहादुर पाण्डेको नेतृत्वमा सात जनाको टोली तत्काल घटनास्थलमा खटिएको थियो । घाइते पाण्डेलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि गुल्मी अस्पताल पुर्याएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको दशैं-तिहार
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
कात्तिक ११ गतेदेखि आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर
आजदेखि उपत्यकामा ११ स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साट्न पाइने (सूचीसहित)
लिभरपुललाई हराउँदै सिटीको शतप्रतिशत जित यात्रा
रियाद विमानस्थललाई लक्षित गरी दोस्रो पटक आक्रमण, १ जनाको मृत्यु, ११ घाइते
जनकपुर चुरोट कारखानाको डीडीए सम्पन्न, लेनादेना भए २१ दिनभित्र दाबी गर्न आग्रह
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र सङ्ग्रौला विजयी
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै