
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी भदौ २१ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ। प्राप्तिपछि दुवै संस्थाको कारोबार स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट सञ्चालन हुनेछ। एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयबाट आवश्यक स्वीकृति प्राप्त भइसकेको कम्पनीले जनाएको छ।
प्राप्तिसम्बन्धी प्रस्ताव स्वरोजगार लघुवित्तको जेठ १ गते सम्पन्न विशेष साधारण सभा र विन नेपाल लघुवित्तको जेठ ५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको थियो। कम्पनीका अनुसार एकीकृत कारोबार सुरु हुने दिन दुवै वित्तीय संस्थाका सम्पूर्ण कारोबार बन्द रहनेछन्। त्यसपछि प्राप्तिपश्चात् कायम हुने संस्थाले नियमित रूपमा वित्तीय सेवा सञ्चालन गर्नेछ।
एकीकृत कारोबारपछि कम्पनीको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपा–५ मा रहनेछ। दुवै लघुवित्त कम्पनी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत छन्। हाल स्वरोजगार लघुवित्तको ८९ लाख ५६ हजार ३३७ कित्ता र विन नेपाल लघुवित्तको ८ लाख ४३ हजार ४०६ कित्ता शेयर दोस्रो बजारमा सूचीकृत रहेको छ।
प्राप्तिपछि दुई लघुवित्तको कारोबार एकीकृत भएसँगै संस्थाको व्यवसायिक आकार विस्तार हुनुका साथै सञ्चालन क्षमता र पहुँच थप बढ्ने अपेक्षा गरिएको छ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै