
काठमाडौं । नेपालको लाउ बीवाईडीका आधिकारिक वितरक तथा स्थानीय साझेदार साइमेक्स इंक. प्रालिसँगको सहकार्यमा बीवाईडीले हालै आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा जिल्ला लगायतका क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेको छ ।
बाढी प्रभावित क्षेत्रका नागरिकले कठिन परिस्थितिको सामना गरिरहेको यस समयमा बीवाईडी र साइमेक्सले नेपाली जनता तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता र प्रतिबद्धता व्यक्त गर्दै उक्त सहयोग घोषणा गरेको हो । सहयोग रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सरकारको आधिकारिक संयन्त्रबाट राहत तथा पुनर्स्थापनाका कार्यमा परिचालन गरिनेछ ।
यो सहयोगबाट बाढी प्रभावित क्षेत्रमा सरकारद्वारा सञ्चालन भइरहेका उद्धार, उपचार, तत्कालीन राहत, पुनर्स्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलगायतका कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, प्रभावित परिवार तथा समुदायलाई पुनः सामान्य अवस्थामा फर्किन र स्थानीय पूर्वाधार पुनर्निर्माण गर्न समेत सहयोग पुग्नेछ ।
हालैको बाढीका कारण रसुवा जिल्लामा ठूलो क्षति पुगेको छ । नेपाल र चीनलाई जोड्ने महत्वपूर्ण प्रवेशद्वारका रूपमा रहेको रसुवा मुलुकको महत्वपूर्ण व्यापारिक मार्गसमेत हो । नेपालमा बीवाईडीका सवारीसाधन आयात हुने प्रमुख व्यापारिक मार्गका रूपमा समेत यस क्षेत्रको विशेष महत्व रहेको छ । सहयोग घोषणा गर्दै बीवाईडी ग्रुपका उपाध्यक्ष तथा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ स्युएलियाङले नेपालमा हालै आएको बाढीका कारण भएको विनाश र जनताले भोग्नुपरेको कठिन अवस्थाप्रति बीवाईडीको तर्फबा ट गहिरो दुःख ब्यक्त गरेका छन् रहेको बताएका छन् । उनले यस कठिन समयमा प्रभावित परिवार तथा समुदाय, उद्धारमा खटिएका टोली र घटनास्थलमा निरन्तर काम गरिरहेका सबैप्रति बीवाईडीको ध्यान र सहानुभूति रहेको उल्लेख गरेका छन् ।
लिउले बीवाईडी नेपाली जनतासँग ऐक्यबद्ध भएर उभिएको र स्थानीय साझेदार साइमेक्ससँगको सहकार्यमा गरिएको यो सहयोगले सरकारका राहत तथा पुनर्स्थापनाका प्रयासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । उनले उक्त सहयोगले प्रभावित समुदायलाई पुनःउत्थान तथा पुनर्निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा रहेको बताएका छन् । नेपालले कठिन परिस्थितिमा पनि उल्लेखनीय दृढता र सहनशीलता प्रदर्शन गर्दै आएको उल्लेख गर्दै उनले एकता र सामूहिक प्रयासमार्फत प्रभावित समुदाय अझ बलियो भएर पुनःउभिने विश्वास व्यक्त गरेका छन् ।
नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक. प्रालि.ले देशमा दिगो विद्युतीय यातायातको विकास र विस्तारका लागि बीवाईडीसँग लामो समयदेखि सहकार्य गर्दै आएको छ । नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग र दिगो यातायाततर्फको संक्रमणलाई तीव्रता दिने साझेदारीसँगै, विपद्को यस कठिन समयमा देश र जनतासँग उभिने साझा प्रतिबद्धताका रूपमा समेत यो सहयोगलाई लिइएको छ ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै