
काठमाडौं । यो साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत घटेर बन्द भएको छ । गत साता २६१८.७२ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता २.३५ प्रतिशत अर्थात ६१.४१ अंक घटेर २५५७.३१ विन्दुमा बन्द भएको हो ।
यो साता चार कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये चारै कारोबार दिन नेप्से घटेर बन्द भएको थियो । यस साता फ्लोट इण्डेक्स १०.२४ अंक घटेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ४.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७३ अंक घटेको छ । नेप्सेसँगै यो साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ४ अर्ब ४९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औषतमा ३ अर्ब ९७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ११.४८ प्रतिशत कम हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या ४.६८ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १.७९ प्रतिशत बढेको छ ।
गत साताको तुलनामा यो साता नेप्सेको कुल बजार पुँजी करणमा पनि गिरावट आएको छ । यो साता कुल बजार पूँजीकरण करिब साढे २ प्रतिशत घटेको छ । यो साता नेप्सेको कुल बजार पूँजीकरण १ खर्ब ५ अर्ब रुपैयाँ घटेर ४३ खर्ब ९८ अर्ब रुपैयाँमा सीमित भएको छ । गत साताको अन्तिम कारोबार दिन बजार पुँजीकरण ४५ खर्ब ४ अर्ब रुपैयाँ रहेको थियो ।
यो साता १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.५५ प्रतिशत बढेको छ । गत साता १० हजार ३५४.५६ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ५७.४५ अंक बढेर १० हजार ४१२.०१ विन्दुमा पुगेको छ ।
यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ६.५८ प्रतिशत घटेको छ । गत साता १० हजार ४१९.१४ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यो साता ६८५.३६ अंक घटेर ९७३३.७८ विन्दुमा झरेको छ । अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक घटेको हो । त्यस्तै, यस साता म्युचुअल फण्ड र जलविद्युत उपसमूहको परिसूचक करिब ५ प्रतिशत घटेको छ ।











समाचार
नेपालका बाढी प्रभावितका लागि लायन्स अन्तर्राष्ट्रियबाट ३ करोड ८ लाख रुपैयाँ राहत सहयोग
काठमाडौं-मुग्लिन सडक सुचारु, बैरेनीमा भने एकतर्फी
गोलकिपर मार्टिनेज चेल्सीमा
लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल
आजको मौसम : सिन्धुपाल्चोकको दुवाचौरमा उच्च वर्षा, सतर्क रहन आग्रह
नेपाललाई ७६ करोड दिने एडिबीको घोषणा
धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु
रसुवा बाढी : ५५३ शव फेला, १ हजार ४७३ जनाको उद्धार
भोटेकोसी र त्रिशूलीमा सामान्य छ बहाव : महाशाखा
भाद्र कृष्ण प्रतिपदाः गाईजात्रा पर्व मनाइँदै