
काठमाडौं । अष्ट्रेलियामा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले तेस्रो तथा अन्तिम खेलमा न्यूजिल्यान्ड ‘ए’ विरुद्ध खेलिरहेको छ । डार्विनको मरारामा भइरहेको खेलमा नेपालले ‘टस’ जितेर पहिले ‘ब्याटिङ’ गरिरहेको हो ।
नेपाल अन्तिम खेलमा न्युजिल्यान्ड ‘ए’ लाई हराएर अष्ट्रेलिया भ्रमणको सुखद अन्त्य गर्ने योजनामा रहेको छ । नेपालले जारी एकदिवसीय सिरिजका अघिल्ला दुई खेलमा लगातार हार व्यहोरेको थियो ।
नेपालले तास्मिनियाविरुद्ध दुई विकेट तथा दक्षिण अष्ट्रेलियाविरुद्ध १३८ रनको हार व्यहोरेको हो । आजको खेलमा नेपालले नारायण जोशीको स्थानमा विपिन खत्रीलाई प्लेइङ–११ मा मौका दिएको छ । चोटका कारण टोलीका प्रमुख ब्याटर कुशल भुर्तेल न्युजिल्यान्डविरुद्ध पनि प्लेइङ–११ मा छैनन् ।
फेसबुक प्रतिक्रिया












समाचार
नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित
ह्यालान्डको गोलमा सिटीको जित
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
सुखद खबरको पर्खाइमा परिवार
किभमा तीन दिन हवाई आक्रमण रोक्न पुटिनको आदेश
भोटेकोशी विपद्को असरबाट पोखराको पर्यटन जोगाउन निजी क्षेत्रको चिन्ता
‘मातृत्व जोगाउने अभियान’ : टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण
भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
कास्कीमा प्रहरी कार्यालयबाट डीएनए संकलन
सात वर्षदेखि लेदुवा खोलाको पुल निर्माण अधुरै, बर्खामा आवतजावत गर्न जोखिम