
काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीले फिफा वरीयतामा एकैपल्ट १३ स्थान सुधार गरेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ८७औं स्थानमा पुगेको हो। नेपाल यसअघि १००औं स्थानमा थियो। यो नेपाली महिला टोलीले हासिल गरेको हालसम्मकै उच्च वरीयता हो। यसअघि नेपाल ९१औं स्थानसम्म पुगेको कीर्तिमान थियो।
नेपालले गत जुलाईमा उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेको थियो। उक्त खेलमा नेपालले त्यतिखेर वरीयतामा १०७औं स्थानमा रहेको लाओसलाई ९–० र १५९औं स्थानको श्रीलंकाविरुद्ध ८–० को एकतर्फी जित हासिल गरेको थियो।
निर्णायक खेलको निर्धारित समयमा वरीयतामा आफूभन्दा ४९औं स्थान माथि रहेको उज्बेकिस्तानलाई ३–३ को बराबरीमा रोकेको थियो। तर, समान अंक र गोलअन्तर भएपछि अस्ट्रेलिया जाने टोलीको टुंगो पेनाल्टी सुटआउटमार्फत गरिएको थियो। तर, नेपाल ४–२ ले पराजित भयो। नेपालसँग खेलेको उज्बेकिस्तानको वरीयता एक स्थान तल खस्किएको छ। लाओस ६ स्थान तल खस्किँदै ११३औं स्थानमा पुगेको छ। श्रीलंका भने १६१औं स्थानमा छ। यो टोलीले दुई स्थान गुमाएको हो।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व