
काठमाडौं । एर्लिङ हालान्ड नायक बनेपछि म्यानचेस्टर सिटीले प्रिमियर लिग उपाधि दौडमा ठूलो जित हात पारेको छ । एतिहाद स्टेडियममा भएको खेलमा सिटीले आज शीर्ष स्थानको आर्सनललाई २–१ ले पराजित ग¥यो ।
तनावपूर्ण खेलको ६५औँ मिनेटमा हालान्डले गाब्रियललाई उछिन्दै बललाई गोलमा परिणत गरे। त्यही गोल खेलको निर्णायक बन्यो । योसँगै उनले लिगमा दुई महिनादेखिको गोल खडेरी अन्त्य गरे । यसअघि खेलमा सिटीका गोलकिपर जियानलुइजी डोनारुम्माको ठूलो गल्तीले आर्सनललाई खेलमा फर्किने मौका दिएको जस्तो देखिएको थियो। रायन चर्कीको १६औँ मिनेटको गोलपछि सिटीले अग्रता लियो । लगत्तै २ मिनेटपछि डोनारुम्माको खराब क्लियरन्सको फाइदा उठाउँदै काई हाभट्र्जले बराबरी गोल फर्काए ।
आर्सनलका इबेरेची एजे र गाब्रियल दुवैले पोस्टमा प्रहार गरे, जसले उनीहरूको बराबरी गर्ने अवसर नजिक पु¥याएको थियो। तर इन्जुरी समयको अन्त्यतिर हाभट्र्जको हेडर क्रसबार माथिबाट बाहिरिएपछि आर्सेनलले अंक गुमायो। यो जितसँगै म्यानचेस्टर सिटी शीर्ष स्थानभन्दा ३ अंकले पछि छ। सिटीले बुधबार बर्नलीसँग खेल्नेछन्, जहाँ जित हासिल गरे सिटीले आर्सनललाई उछिन्दै शीर्ष स्थानमा पुग्नेछ। अर्को खेलमा लिभरपुलले एभर्टनलाई २–१ ले हरायो। एस्टन भिल्लाले सन्डरल्यान्डलाई ४–३, नटिङघम फरेस्टले बर्नलीलाई ४–१ ले हराएको छ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह