विश्वकप फुटबल : हैटीको पोष्टमा ब्राजिलको ३ गोल, नकआउट चरण पुग्ने सम्भावना बलियो 

काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई हराउँदै महत्वपूर्ण तीन अंक जोडेको छ । भर्खरै सकिएको खेलमा हैटीलाई ३–० गोलले हराएको हो ।

ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गरेको थियो । दोस्रो हाफमा थप गोल हुन सकेन । ब्राजिलका म्याथेस कुन्हाले खेलको २३ औँ मिनेटमा र ३६ मिनेटमा गरी दुई गोल गरे ।

तेस्रो गोल पहिलो हाफको अतिरिक्त समयमा भिनिसियस जुनियरले गरे । पिँडुलाका चोटका कारण ब्राजिलका स्टार फरवार्ड नेयमारले आजको खेल पनि खेलेनन् । पाँच पटकको विश्वकप विजेता ब्राजिलले यो विश्वकपको पहिलो खेलमा मोरक्कोसँग १–१ गोलको बराबरी खेलेको थियो ।

हैटीलाई हराएसँगै समूह ‘सी’को शीर्ष स्थानमा पुगेको ब्राजिलको दुई खेलमा ४ अंक भएको छ । आज बिहान भएको खेलमा मोरक्कोले स्कटल्यान्डलाई हरायो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार