
काठमाडौं । बंगलादेश क्रिरा सिख्रा प्रोतिष्ठान (बीकेएसपी) जुडो च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । मे २५ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा ७ पुरुष र ५ महिला गरी १२ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङ, ५० केजीमुनि सभर पौडेल, ५५ केजीमुनि बुद्ध गुरुङ, ६० केजीमुनि सविनकुमार दियाली, ६६ केजीमुनि विशेष विक, ७३ केजीमुनि प्रयास तामाङ र ७३ केजीमाथि विज्ञान तिखत्री रहेका छन् । महिला ४४ केजीमुनि समिता नेपाली, ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनिता नेपाली, ५७ केजीमुनि पेमा याङजी शेर्पा र ६३ केजीमुनि रेखा श्रेष्ठ छन् ।
सहभागी १२ खेलाडी मध्ये समिता, निशा, विनिता, पेमा र सविनसहित ५ जना बन्दी सहायता नियोग (पाम) का हुन् । प्रशिक्षकमा राधादेवी राई र लक्ष्मी तामाङ रहेका छन् । राधाले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गर्ने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू