
काठमाडौं। श्रीलंका डेभ्लपमेन्टसँग अभ्यास खेलमा नेपाल पराजित भएको छ। शुक्रबार भएको खेलमा नेपाल पाँच विकेटले पराजित भएको हो। नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंका २६.५ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो।
श्रीलंकाका क्रिसन सन्जुलाले सर्वाधिक ६८ रन बनाए। ६० बल खेलेका उनले १० चौका प्रहार गरे। नेपालका गुलसन झा र कप्तान सोमपाल कामीले समान दुई विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ४० ओभरमा सबै विकेट गुमाउँदै १५९ रन बनाएको थियो। नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ४३ रन बनाए। ५० बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे। कुशल मल्ल ३५, आरिफ शेख ३५ र करण केसी १५ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। श्रीलंकाका गरुका संकेथले सर्वाधिक चार विकेट लिए।
फेसबुक प्रतिक्रिया













समाचार
सानिगाड हाइड्रोको नाफामा ३९० प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी सहति अन्य सूचक कस्ता ?
प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा
सेयर बजारमा पुँजीगत लाभकर घटाउन रौनियारको माग, सेबोनलाई दिए १५ बुँदे सुझाव
निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’
‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै
स्रोत नखुलेको ५२ लाख नगद सहित पर्साबाट ४ जना पक्राउ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
पहिरोका कारण दोसल्लेका नौ घरपरिवार विस्थापित
नाइमा मोबिलिटी एक्स्पो आजदेखि सुरु हुँदै, विद्युतीय र नवीनतम सवारीसाधनको भव्य प्रदर्शनी
फत्तेपुर दोभानमा रु २ करोड ६१ लाखको बेलिब्रिज निर्माण हुँदै