
काठमाडौं । वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा उनले सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको स्पष्ट पारे ।
उनले भोटेकोशी, त्रिशूली, गण्डकी र अन्य क्षेत्रमा गएको बाढीपहिरोको क्षतिबारे अध्ययन भइरहेको र यसको व्यवस्थापनमा सरकार सक्रिय रूपमा लागेको बताए। बालेनले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप बलियो बनाउन लागिएको जानकारी दिए। साथै, हिमपहिरोको जोखिम घटाउन पनि सरकारले आवश्यक काम गरिरहेको उनको भनाइ छ। यस विपद् व्यवस्थापनमा आफ्नो ज्यानको बाजी लगाएर खटिने राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयम्सेवक र राजनीतिक दलका प्रतिनिधिलगायत सबैप्रति शाहले आभार प्रकट गरे।
बैठकमा गण्डकी, बाग्मती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरुको पनि सहभागिता थियो । शाहले मुख्यमन्त्रीहरुलाई लक्षित गर्दै भने, ‘हामीले उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौँ, त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु।’












समाचार
वायुसेवा निगम वित्तीय संकट : उद्धार उडानबापत १३ करोड ७५ लाख रुपैयाँ पाउन बाँकी
चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा २ नयाँ टाटा पन्च इभि जित्ने अवसर
घुससहित पक्राउ परेका विद्युतका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
दसैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा विभागले बोलायो बैठक
राष्ट्र बैंकले ३० करोड थान दुई रुपैयाँका सिक्का छाप्ने
कृत्रिम बुद्धिमत्ता (एआई) ले पत्रकारको विवेक, नैतिकतालाई प्रतिस्थापन गर्न सक्दैन : चेम्बर अध्यक्ष अग्रवाल
मनकामना केबलकार भोलि बन्द हुने
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू
सेयर बजारमा २० अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित
विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम