
बाँकेको खजुरा गाउँपालिका –४ एफगाउँका खेमबहादुर विक ११ वर्षको भए । गाउँघरमा हुने विवाह पूजा, धार्मिक कार्यक्रम र अन्य कार्यक्रममा उनी आफ्ना हजुरबुवा तिलबहादुरसँगै बाजा बजाउन जान्छन् ।
एफगाउँस्थित जनकल्याण माविमा कक्षा ६ मा अध्ययनरत खेम विद्यालय बन्द भएको दिनमा गाउँघरमा हुने विभिन्न कार्यक्रममा बाजा बजाउने गरेका छन् । यसैगरी एफगाउँकै धनसिंह परियार वर्षौदेखि बाजा दमाहा बजाउँदै आएका छन् । पछिल्लो केही वर्षदेखि उनका नाति सुनिल परियार पनि उनको साथमा देखिन्छन् ।
जनकल्याण माविमै कक्षा ७ मा अध्ययनरत सुनिल विद्यालय बिदा भएको दिनमा हजुरबुवाको साथमा बाजा बजाउँदै कार्यक्रममा सहभागी हुने गरेको बताए । हजुरबुवाहरुले बाजा बजाउँदा रमाइलो लागेर आफूहरु पनि विद्यालय बन्द भएको दिनमा सँगसँगै हिंड्ने गरेको सुनिलको भनाइ छ । ‘सुरुमा रमाइलोका लागि बाजा बजाउन थालेका थियौं, अहिले विद्यालय नभएको दिनमा अभिभावकले खोजेर ल्याउनुहुन्छ,’ सुनिल भन्छन् ।
नाति पुस्तालाई दमाहा र अन्य बाजा बजाउन सिकाइरहेका ज्येष्ठ नागरिक नाति पुस्तालाई भए पनि परम्परागत बाजाको पुस्तान्तरणका लागि योगदान गर्न सकेकोमा उत्साहित छन् । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले गाउँपालिकाले परम्परागत कला, संस्कृतिको संरक्षणका लागि वार्षिक बजेट विनियोजन गरिरहेको बताए । खजुरा गाउँपालिकाको ‘ई’ गाउँ, धौलागिरी, सीतापुर लगायतका स्थानमा ज्येष्ठ नागरिकले परम्परागत संस्कृतिलाई नयाँ पुस्तामाझ सिकाइरहेका छन् ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै