
मिना । विश्वभरका मुस्लिमहरूले ईद अल–अधा बिदाको सुरुआत मनाउँदै गर्दा तीर्थयात्रीहरूले शुक्रबार हजको अन्तिम प्रमुख अनुष्ठान– ‘शैतानको ढुंगा प्रहार’ गरिरहेका थिए । बिहान सुरु हुनुअघि देखिनै तीर्थयात्रामा भाग लिने १६ लाखभन्दा बढी मुस्लिमले पवित्र सहर मक्काको बाहिरी भागमा रहेको मिना उपत्यकामा शैतानको प्रतीक तीनवटा कङ्क्रिटको पर्खालमा प्रत्येकमा सातवटा ढुङ्गा हाने ।
छाया र चिसो तापक्रमको फाइदा उठाउँदै तीर्थयात्रीहरू बिहानै अघिनै मिनाको फराकिलो तम्बू सहरमा आफ्नो शिविर र आवासबाट बाहिर निस्केका थिए । यस अनुष्ठानले अब्राहामले तीनवटा स्थानमा शैतानलाई ढुंगा हानेर मारेको सम्झना गराउँछ जहाँ शैतानले उसलाई आफ्नो छोरालाई बलिदान गर्ने परमेश्वरको आदेश पालन गर्नबाट रोक्न खोजेको भनिएको छ ।
‘मिनामा हाम्रो अनुभव सजिलो र सरल थियो । हामीभित्र प्रवेश गर्यौँ र पाँच मिनेटभित्रै हामीले ‘जमारत’ मा शैतानलाई ढुंगा हान्ने काम पूरा गर्यौँ”, इजिप्टका ३४ वर्षीय वाएल अहमद अब्देल कादरले बिहानै अनुष्ठान गरेपछि भने । गिनीकी तीर्थयात्री होवाकिताले मक्कामा ईद मनाउने सम्भावनाले उनलाई खुशीले भरिदिएको बताए । ‘जब मैले ढुङ्गा हानेँ मैले सहज महसुस गरेँ । मलाई साँच्चै गर्व लाग्यो’, उनले भने । एक दिनअघि तीर्थयात्रीहरू मक्का नजिकैको ७० मिटर (२३० फिट) अग्लो चट्टानी उचाइमा प्रार्थना गर्दै र कुरानका पदहरू पढ्दै अराफात पर्वतमा भेला भएका थिए । अराफात पर्वतमा पैगम्बर मोहम्मदले आफ्नो अन्तिम उपदेश दिएका थिए भन्ने विश्वास गरिन्छ ।
धेरैले तीव्र गर्मी भए पनि पर्वतमा आरोहण गरे । यद्यपि तीर्थयात्रीहरूलाई स्थानीय समयानुसार बिहान १०ः०० देखि दिउँसो ४ः०० बजेसम्म भित्र बस्न भनिएको आधिकारिक चेतावनीपछि दिउँसोमा सङ्ख्या घटेको थियो । यस वर्षको हजमा अधिकारीहरूले अवैध तीर्थयात्रीहरूमाथि व्यापक कारबाहीका साथसाथै गर्मी कम गर्ने प्रयासहरू कार्यान्वयन गरेको देखियो । जसको परिणाम स्वरूप मक्का र वरपरका पवित्र स्थलहरूमा उल्लेखनीय रूपमा पातलो भीड र भारी सुरक्षा उपस्थिति थियो ।
गत वर्षको हजको घातक पुनरावृत्ति रोक्ने उद्देश्यले यी उपायहरू अपनाइएको थियो । गत वर्ष ५१ दशमलव आठ डिग्री सेल्सियस (एक सय २५ डिग्री फरेनहाइट) तापक्रममा एक हजार तीन सय एक जनाको मृत्यु भएको थियो । साउदी अधिकारीहरूका अनुसार ती मृत्युमध्ये अधिकांश ती तीर्थयात्रीहरूका थिए जो अवैध रूपमा मक्कामा छिरेका थिए र तीर्थयात्रीहरूलाई सुरक्षित राख्न र मरुभूमिको तीव्र गर्मीबाट जोगाउने उद्देश्यले गरिएको आवास र अन्य सेवाहरूको पहुँच नभएका थिए ।
यो हज सिजनले २०२०–२०२२ को कोभिड प्रतिबन्धका वर्षहरूबाहेक तीन दशकभन्दा बढीमा सबैभन्दा कम तीर्थयात्रीहरूको सङ्ख्या रेकर्ड गरेको छ । आधिकारिक तथ्यांकअनुसार गत वर्ष १८ लाख मुस्लिमले हजमा भाग लिएका थिए । हज अनुमतिहरू देशहरूलाई कोटाको आधारमा बाँडफाँट गरिन्छ र लटरी प्रणालीद्वारा व्यक्तिहरूलाई वितरण गरिन्छ ।
तर, जसले अनुमति प्राप्त गरेको हुन्छ, तीमध्ये केही मानिस उच्च लागतका कारण बिना अनुमति हज यात्राका लागि प्रेरित हुन्छन् । यद्यपि समातिएमा गिरफ्तारी र निर्वासनको जोखिम उठाउँछन् । मिना उपत्यकामा ढुंगा हान्ने अनुष्ठान सन् २०१५ मा घातक भागदौडको दृश्य थियो । सबैभन्दा घातक हज प्रकोपमध्ये त्यसबेला भएको घटनामा दुई हजार तीन सय जनाको मृत्यु भएको थियो ।
साउदी अरबले हज र वर्षका अन्य समयमा गरिने सानो तीर्थयात्रा उमराहबाट बर्सेनि अर्बौं डलर कमाउँछ । मक्का र मदिनाका दुई पवित्र मस्जिदका संरक्षकका रूपमा चिनिने साउदी राजाका लागि पनि तीर्थयात्रा प्रतिष्ठाको स्रोत हो । हजको अन्त्य ईद अल–अधाको सुरुआतसँग मिल्छ । ईद अल–अधा सामान्यतया बाख्रा, भेडा, गाई, गोरु वा ऊँट जस्ता जनावरको वधद्वारा मनाइने वार्षिक भोजको बिदा हो ।













समाचार
सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो
ट्रम्पको नयाँ कार्यकारी आदेश: जन्मसिद्ध अमेरिकी नागरिकतामा फेरि अङ्कुश लगाउने प्रयास
मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन
बाल सुरक्षामा मेटालाई ५६७ मिलियन डलर जरिवाना
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उपकार लघुवित्तको नाफा २५२ प्रतिशतले बढ्यो, इपीएस कति ?
भिनिसियसले रियलसँग ६ वर्षको नयाँ सम्झौता गरे
माण्डु हाइड्रोपावरको १ करोड २२ लाख कित्ता सेयरको लकइन अवधि भदौमा सकिंदै
पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने, बोलायो साधारणसभा
१८१ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफ, अन्य सूचक कस्ता ?