
काठमाडौं–भियतनाम दुई चार्टर्ड उडान हुने भएको छ । रुप्से होलिडेजले नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न थप दुई वटा चार्टर उडान गर्न लागेको जानकारी गराएको हो ।
यी दुई मुलुकबीच सिधा उडान सुरु भइसकेको छैन । सोहीकारण पर्यटकलाई समूहमा ल्याउन चार्टर्ड उडान गर्न लागिएको हो । नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न यसअघि पनि चार्टर उडान गरिएका थिए । यस वर्ष दशैं लगत्तै अब थप दुई चार्टर उडान गरी नेपाल र भियतनामलाई जोड्न लागेको कम्पनीले जनाएको छ ।
आगामी दशैंको टिकालगत्तै ३० असोज अर्थात् १६ अक्टोबरदेखि ५ दिनका लागि नेपालबाट भियतनाम र भियतनामबाट नेपाल पर्यटक आदनप्रदान गर्न चार्टर उडान गर्न लागिएको हो । भियतनामबाट नेपाल आउने भियतनामी पर्यटकलाई भक्तपुर, नगरकोट, काठमाडौं दरबार स्क्वायर, पाटन दरवार स्क्वायर, स्वयम्भु र बौद्धनाथको दर्शन गराउने गरी कार्यक्रम तयार भएको कम्पनीले जनाएको छ । नेपालबाट भियतनाम घुम्न जाने पर्यटकका लागि पाँच दिनको टुर प्याकेज तयार पारिएको छ । भियतनामको राजधानी हानोई आसपासका पर्यटकीय गन्तव्यमा नेपाली पर्यटकलाई घुमाइने भएको छ ।
नेपाल र भियतनामबीच सिधा उडान नहुने भएकाले चार्टर उडानमार्फत भ्रमण गराउन लागिएको हो । अन्य देश भएर भियतनाम जानु पर्दा धेरै खर्च हुने भएकाले चार्टर उडान गर्न लागिएको र दुवै देशबाट पर्यटक आउने र जाने भएकाले उडानको खर्च कम हुँदा टुर प्याकेज पनि सस्तो कायम गरिएको छ ।













समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज