
काठमाडौं । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नंम्बर १० भित्र पर्ने पर्यटकीय पिके क्षेत्रमा जाने बाटोमा प्रचिनकालमा निर्माण भएका धार्मिक ऐतिहासिक सम्पदाका रूपमा रहेको माने पुनः निर्माण तथा मर्मत सम्भार पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा काठमाडौंले सहयोग गर्ने भएको छ । समाजको विशेष अगुवाईमा पिके पिक टाप्टिङ क्षेत्रभित्र रहेका साना–ठूला गरी जम्मा १६ वटा जीर्ण माने पर्खालहरू मर्मत सम्भार तथा पूनः निर्माण कार्यमा आर्थिक सहयोग गर्ने भएको हो ।

समाजले माने पुनः निर्माणका लागि सहयोग गर्ने सम्पूर्ण चन्दादाताहरूको नामवाली शिलालेखमा उल्लेख गरी अभिलेख राख्ने कार्य सम्पन्न भएको पिके सोलुखुम्बू टाप्टिङ सेवा समाजका अध्यक्ष ङवाङ फुरी शेर्पाले जानकारी दिइन् । साथै सो माने निर्माण कार्यमा सहयोग गर्ने ६ जना गाउँ संयोजकहरूलाई कदर पत्र प्रदान गरि सम्मान गरिएको अध्यक्ष शेर्पाले बताइन् ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना