
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन गरेका छन् । एमाले नेता तथा पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दुई दिनअघि गठित संयन्त्रमा केन्द्रको हकमा एमालेका चार र कांग्रेसका चार जना नेता रहने गरी आठ सदस्यीय संयन्त्र गठन गरिएको जानकारी दिए ।
संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका उपमहासचिव विष्णु रिमाल रहेका छन् । त्यस्तै कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन् ।
यसैगरी, प्रदेशमा तीन÷तीन जना रहने गरी संयन्त्र विस्तार गर्ने र जिल्लामा दुई–दुई जना रहने गरी संयन्त्र बनाइने समेत नेता गौतमले जानकारी दिए ।













समाचार
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ
सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, १४ सय किलोमिटर सडक निर्माण
अमेरिकी आक्रमण भए निर्णायक जवाफ दिने तेहरानको चेतावनी
पुराणको रकमबाट घाट निर्माण
साढे १० लाख बढी कित्ता सेयर बिक्री गर्दै पञ्चकन्या पावर डेभलपमेन्ट
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
जीवन विकास लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी
नेष्डो समृद्ध लघुवित्तमा रोजारीको अवसर