
काठमाडौं । सेयर बजार कारोबार हुने साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज १५ दशमलव ८३ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २६८३ दशमलव २४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने ६७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सटिभ इन्डेक्स पनि १ दशमलव ८६ अंकले बढेर ४७३ दशमलव ०६ विन्दुमा पुगेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजारमा १३ उपसूचकमध्ये ११ उपसूचकको सेयर मूल्य बढेको छ भने २ उपसूचकको सेयर मूल्य घटेको छ ।
परिसूचक बढे पनि आज कारोबार रकममा भने केही गिरावट आएको छ । अघिल्लो दिन ७ अर्ब भन्दा माथिको कारोबार भएको बजारमा आज ६ अर्बभन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३०९ कम्पनीका १ करोड २२ लाख ६३ हजार ७८० कित्ता सेयर ६५ हजार ८२४ पटक खरिद बिक्री हुँदा ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार ५९७ रुपैयाँको कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?
आइसिएफसि फाइनान्सको नाफा उच्च गिरावट, अन्य सूचक कस्ता ?
महुली लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
साप्सु कालिका हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, के-के छन् एजेण्डा ?
‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’
राष्ट्रियसभाको बैठक बस्दै, के छन् एजेन्डा?
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो
इरानप्रति ट्रम्पको ‘यु–टर्न’ : आक्रमण रोकेर वार्ताको घोषणा