
गण्डकी। गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले नेपालीमा बढ्दो घुम्ने संस्कृतिले आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुगेको बताएकि छन् । मनाङस्थित एकीकृत सेवा कार्यालयमा आइतबार आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले पर्यटन क्षेत्र चलायमान हुँदा आर्थिक गतिविधिमा टेवा पुग्ने उल्लेख गरिन ।
“बढ्दो घुम्ने संस्कृतिले पर्यटन व्यवसाय, रोजगारी सृजनासँगै समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ”, मन्त्री रिमालले भनिन्। उनले उच्च पहाडी तथा हिमाली भेगमा घुम्न आउने पर्यटकको व्यवस्थापन र उनीहरूको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताइन् । लेक लाग्नेजस्ता स्वास्थ्य जोखिमबाट बच्ने उपायबारे सचेतना फैलाउनपर्ने उनको भनाइ छ ।
मन्त्री रिमालले सम्बद्ध निकायबीचको एकीकृत समन्वय र चुस्त व्यवस्थापनबाट मात्र पर्यटकलाई सुरक्षित वातावरण प्रदान गर्न सकिने बताइन् । उनले हिमाली भेगका नागरिक र पर्यटन व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि प्रदेश सरकारका तर्फबाट सक्दो पहल गरिने बताइन् । मन्त्री रिमालले एकीकृत सेवा कार्यालयबाट कार्यान्वयन गरिएका आयोजनाको स्थलगत अनुगमनसमेत गरेकि थिइन् ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन