
काठमाडौं । साउन महिनाको तेस्रो सोमबारको अवसरमा काठमाडौंको सुन्दरीजलमा बोलबम भक्तजनको उल्लेख्य घुइँचो लागेको छ । नेपालका तराईका विभिन्न जिल्ला तथा भारतका विभिन्न स्थानबाट आएका भक्तजनहरू बिहानैदेखि सुन्दरीजल पुगेका छन्।
भक्तजनहरूले सुन्दरीजलस्थित पवित्र जलस्रोतमा स्नान गरी कलशमा जल भरेका छन्। त्यसपछि उनीहरू भगवान् शिवको जयजयकार गर्दै पदयात्रामार्फत पशुपतिनाथ मन्दिरतर्फ प्रस्थान गरेका छन् । साउन महिनामा भगवान् शिवको विशेष पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ । यसै परम्पराअनुसार प्रत्येक सोमबार सुन्दरीजलबाट जल ल्याई पशुपतिनाथमा चढाउने गरिन्छ ।
फेसबुक प्रतिक्रिया













समाचार
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर