सेर्माथाङको ऐतिहासिक उर्ग्येन छ्योलिङ गुम्बाको पुनर्निर्माणपछि उद्घाटन

सेर्माथाङ्ग – सिन्धुपाल्चोक जिल्लाको सेर्माथाङमा अवस्थित  उर्ग्येन छ्योलिङ गुम्बाको उद्घाटन सम्पन्न गरेको छ ।उर्ग्येन छ्योलिङ गुम्बाको ऐतिहासिकता झन्डै २०० वर्ष पुरानो छ।भूकम्पपछिको पुनर्निर्माणपछि स्थानीयको आध्यात्मिक धरोहरलाई निरन्तरता दिने उद्देश्यले  उद्घाटन गरिएको हो। लुम्बिनी विकास कोषका उपाध्यक्ष एवम् योल्मो समुदायकै प्रथम खेन्पो छिमेद छिरिङ्ग (डाक्टर ल्हार्क्याल लामा)ले बौद्ध परम्परानुसार खेपा रब्ने पुजा गर्दै औपचारिक रुपमा उद्घाटन गरेको छ।

यो गुम्बा सेर्माथाङको पहिलो लामा, सोनाम वाङडाले स्थापित गरेका थिए, र त्यस समयदेखि नै यो गुम्बा धार्मिक तथा सांस्कृतिक जीवनको एक महत्वपूर्ण केन्द्र बनेको छ।गुम्बाको संरक्षण र पुनर्निर्माणको जिम्मेवारी लामो समयदेखि लामा पालजोर र लामा कालसाङले गर्दै आएका थिए। त्यसपस्चात भने लामा कालसाङका भाइ लामा सोनामले गुम्बा निर्माण गरे ।

 २०७२को विनाशकारी भूकम्पको असरले गुम्बामा पूर्ण क्षति भएपस्चात ,गुम्बाका अध्यक्ष एवम् प्रमुख लामा सोनामले पुनःनिर्माणको प्रक्रिया सुरु  गरे। यस पुनर्निर्माण कार्यमा लुम्बिनी विकास कोषका उपाध्यक्ष एवम् योल्मो समुदायकै प्रथम खेन्पो छिमेद छिरिङ्ग (डाक्टर ल्हार्क्याल लामा) स्वयं पनि पूरा लागि परे। उनकै पहलमा भारतीय राजदूतावासबाट ९०% अर्थिक  सहयोग जुटाउन  सफल भए। यसैगरी नेपाल सरकारको तर्फबाट पनि १०% आर्थिक सहयोग प्राप्त भयो। गुम्बाको पुनर्निर्माण कार्य नेपाल सरकारको पुनर्निर्माण प्राधिकरणको समन्वयमा गरिएको हो।

करीब २८ वर्ष अगाडि उपाध्यक्ष लामाले खेन्पो उपाधि प्राप्त गरेपछि,पहिलोपटक  तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला समेतको उपस्थितिमा धर्म देशना यहि गुम्बामा दिएका थिए । साथै आम त्यहाँका स्थानीय समुदाय र भिक्षुहरुलाई पनि बुद्ध धर्मको  प्रशिक्षण कार्यक्रम सञ्चालन पनि यहि गुम्बाबाट सुरु गरेको स्मरण गर्दछन। २०७२ सालको भूकम्पले क्षति ग्रस्त सिन्धुपाल्चोककै अन्य दर्जनौं गुम्बाहरुको निर्माणका लागि पनि भारत सरकार र भारतीय राजदूतावाससङ्ग समन्वय भैरहेको बताए।उद्घाटन कार्यक्रममा उपाध्यक्ष डा. लामालाई स्थानीयहरूले योल्मो समुदायको सांस्कृतिक भेषमा सज्जिएर विशेष सम्मानका साथ स्वागत गरेका थिए। यस अवसरमा,उपाध्यक्ष डा. लामाका साथै गुम्बाका अध्यक्ष, अन्य खेम्पो भिक्षुहरुको सङ्लग्नतामा गुम्बाको शुद्धिकरण र जगतका सम्पूर्ण प्राणीहरूको सुख, शान्ति र समृद्धिको कामना गर्दै मोन्लाम जपद्वारा सम्पन्न गरिएको थियो।

गुम्बाका अध्यक्ष एवम् प्रमुख लामाका सहयोगी कर्मा लामाले  गुम्बाको निर्माण कार्यक्रममा पहल गर्न सहयोग गर्ने उपाध्यक्ष डाक्टर लामा, पुर्वमन्त्री शेरबहादुर तामाङ, पुर्वमन्त्री निमा लामा सहित हेलम्बु गाउपालीका अध्यक्ष र समुदायलाई आभार प्रकट गरे । उनि भन्छन गुम्बाको पूर्ण निर्माण प्रक्रियाले स्थानीय समुदायमा अपार खुशी र शान्ति ल्याउने विश्वास गरिएको छ, जसले धर्म र संस्कृतिको संरक्षणमा योगदान पुर्याउनेछ।

यस गुम्बामा वर्सेनि जगत र जगतका सम्पुर्ण प्राणीहरुको सुख, शान्ति र समृद्धिको कामना गर्दै घरधुरी पालैपालो गरि 10/11 वटा पुजाआजा गर्ने गरेको छ जुन सयौंबर्ष अगाडि देखि निरन्तर चलिआएको छ। यस्ता पुजा सन्चालन गर्न प्रमुख लामाबाट छ्योठिम्बा नियुक्ति गरेका हुन्छन् जसले पारदर्शी रुपमा यस किसिमका सम्पूर्ण जिम्मेवारी सम्हाल्ने कार्य गरिन्छ।

उर्ग्येन छ्योलिङ गुम्बाको पुनर्निर्माणले स्थानीय समुदायका लागि एक नयाँ  आशा र प्रेरणा प्रस्तुत गरेको छ। यस गुम्बामा हरेक वर्ष आयोजित धार्मिक अनुष्ठान र पूजा–आजा गाउँका मानिसहरूको जीवनको एक अभिन्न हिस्सा बनेको छ, जसले गाउँलेहरूलाई एकजुट गर्दै धार्मिक, सामाजिक र सांस्कृतिक एकतामा प्रगाढ बनाउँछ।

यो गुम्बा स्थानीय र पर्यटकहरूको लागि मात्र नभई सम्पूर्ण जगतका प्राणीहरूको सुख र शान्तिको लागि एक महत्वपूर्ण स्थलको रूपमा समेत स्थापित हुनेछ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार