
काठमाडौं । नेपाल बौद्ध महासंघको सातौँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । आचार्य नुर्वु शेर्पाको संयोजकत्वमा सदस्यहरु मुकुन्द विष्ट, ङिमा तेन्डुप शेर्पा, ङिमा याङ्छेन ह्योल्मो र सुरेश केसी गरी पाँच सदस्य निर्वाचन मण्डलले नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको आवश्यक पदमा ञिङमा, काग्यु, साक्य र गेलुग चारै परम्पराबाट १०÷१० जनाको नाम प्रस्ताव गरिएको थियो । निर्वाचन मण्डलले सर्वसम्मतबाट अध्यक्षमा नोर्बु थुन्डु शेर्पा, उपाध्यक्षमा ग्युर्मे सोनाम तामाङ, महासचिवमा पेमा दोर्जे तामाङ, कोषाध्यक्षमा पेमा दोन्देन गुरुङ, सचिवमा छिरिङ झाङमो लामा, सहित पासाङ दोर्जे लामा, मिङमार मगर, धोङाग तेन्जिन लामा, छोवाङ तामाङ, टसी ढोइमा लामा, गेलु शेर्पा, डोमा गुरुङ र कारसाङ ङेरुप तामाङ गरी १३ जना केन्द्रीय सदस्य र २७ जनालाई साधारण सदस्यको रूपमा निर्विरोध निर्वाचित गरेको छ ।
निर्वाचित नयाँ कार्यसमितिहरूलाई बौद्ध परम्परा अनुसार नेपाल बौद्ध महासंघका संस्थापक अध्यक्ष तथा सल्लाहकार खेन्पो ग्युर्मी छुल्ठीमले शपथ ग्रहण गराए । गोन्पाहरूका प्रतिनिधिहरू, महासंघका सल्लाकार र उपस्थित सबैले नव निर्वाचित सदस्यहरूलाई खादा लगाई बधाई र शुभकामना व्यक्त गरेका थिए । महासंघको कार्यसमितिको पदावधि २ वर्षको हुने गर्छ । यसअघि खेन्पो कमल भण्डारीको अध्यक्षतामा महासंघको कार्यसमिति रहेको थियो । महासंघले बौद्ध गोन्पा शिक्षा, वातावरण तथा वन्यजन्तु, बौद्ध धर्म, दर्शन, संस्कृति क्षेत्रमा काम गर्दै आइरहेको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व