
बागलुङ । बागलुङमा खेतीयोग्य जमिनमा सिँचाइको सुविधा नहुँदा किसान मर्कामा परेका छन् । वर्षौंदेखि आकाशे पानीको भरमा खेती गर्दै आएका किसान अहिले पनि खाद्यान्नमा आत्मनिर्भर बन्न सकिरहेका छैनन् ।
पर्याप्त खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा नहुँदा परनिर्भर हुनुपरेको हो । बर्सेनि जिल्लामा कृषि क्षेत्रका लागि करोडौँका बजेट परे पनि योजना समयमा सम्पन्न नहुँदा किसान मर्कामा परेका हुन् । चालु आर्थिक वर्षमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङबाट ८८ आयोजना परेका छन् । गण्डकी प्रदेश र संघीय सरकार अन्तर्गतका उक्त आयोजनाका लागि प्रदेशको रु १४ करोड बजेट परेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सूचना अधिकारी जीवन अधिकारीले जानकारी दिए । उनका अनुसार जिल्लाका १० वटै पालिकाहरूमा योजना परेका छन् ।
अधिकारीले जिल्लामा ४६ हजार एक सय ४८ हेक्टर खेतीयोग्य जमिन रहेकामा ३० हजार नौ सय १९ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको जानकारी दिए । त्यसमध्ये २५.८७ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको उनले उल्लेख गरे । बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार आठ सय ४१ हेक्टर रहेको अधिकारीले जानकारी दिए ।
गलकोट नगरपालिका–११ का कर्णबहादुर काउचाले सिँचाइको सुविधा नहुँदा पछिल्लो समय धेरै खेतीयोग्य जमिन बाँझोमा परिणत हुन थालेका बताए । एक दशक अगाडिसम्म गाउँमा साना खोलाबाट कुलो निर्माण गरेर सिँचाइ गर्ने गरेको स्मरण गर्दै अहिले मुहान सुक्दै गएपछि धेरै जमिनमा खेतीपाती हुन छोडेको उनको भनाइ छ ।
निसीखोला गाउँपालिका–१ का तुलबहादुर खत्रीले सिँचाइ राम्रो नहुँदा धान उत्पादनमा कमी आएको सुनाए । सिँचाइको पर्याप्त सुविधा नभएको र वर्षा पनि समयमै नहुँदा किसानलाई बर्सेनि खाद्यबाली उत्पादनमा समस्या भएको उनको भनाइ छ । ‘यो क्षेत्रमा धेरै ठाउँमा धान फल्ने जग्गा हुँदा पनि सिँचाइको समस्याले उब्जनी भएको छैन । धान रोपेपछि पानी पाउनै मुस्किल हुन्छ, आकाशे पानीको भरमा धान रोप्नुपर्ने अवस्था छ, खेतीयोग्य जमिनमा सिँचाइको राम्रो सुविधा नहुँदा परनिर्भर बन्नुपरिरहेको छ । सरोकार भएका निकायले यो समस्या समाधान गरी किसानलाई राहत दिनुपर्छ,’ उनले भने ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू