काठमाडौं । नेपाल बीमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दहाललाई अध्यक्षका रुपमा जिम्मेवारी दिइएको छ । बिहीबार अर्थमन्त्रालयले नितिगत निर्णय गर्दै मन्त्रालयका सहसचिव मदन दहालले अध्यक्षका रुपमा कामकाज गर्ने गरी जिम्मेवारीमा तोकेको हो ।
बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहेका दहाल बीमा प्राधिकरणको अध्यक्षका रुपमा कामकाज गर्ने गरी तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बित भएका थिए । सो पश्चात् प्राधिकरणको रिक्त पदका लागि अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सहसचिवलाई कामु अध्यक्षको जिम्मेवारी दिइएको हो ।