सुनको मूल्य एक सातामा ४५ सय रुपैयाँले घट्यो

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य ४ हजार ५०० रुपैयाँले घटेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर घट्दा नेपाली बजारमा पनि सुनको भाउ घट्दै गएको हो ।

गत साताको अन्तिम दिन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो साताको अन्तिम दिन प्रतितोला १ लाख ४८ हजार ५०० रुपैयाँमा झरेको छ । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर घट्दो क्रममा छ ।

यो साता अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिआउन्स करिब १०० डलरले घटेको छ । अहिले अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिआउन्स २ हजार ६०० डलरभन्दा तल झरिसकेको अवस्था छ ।

यसैगरी यो साता चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँले घटेको छ । साताको पहिलो दिन प्रतितोला १ हजार ८६० रुपैयाँ रहेको चाँदी अन्तिम दिनसम्ममा प्रतितोला १ हजार ७६० रुपैयाँमा झरेको छ । सुनको भाउ निरन्तर घटेपनि अझै उपभोक्ताले सहर्ज सुन भने पाउन सकेका छैनन् । अहिले व्यवसायीले नै सुन खरिद गर्दा महासँघले तोकेको भन्दा केहि महँगो मूल्य तिरेर सुन खरिद गर्नु परेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार