
काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तमा धेरै वटा कम्पनीले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेका छन् । सोही अवसरमा यता शिवम् सिमेन्ट्स लिमिटेडले पनि आफ्नो नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको जनाएको छ। राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौंमा आयोजित सभाले आर्थिक वर्ष २०८०/०८१ का लागि संचालक समितिले प्रस्ताव गरेका विभिन्न सामान्य तथा विशेष प्रस्तावहरू पारित गरेको कम्पनीले जनाएको हो।
सोही सभामा कम्पनीका अध्यक्ष गौरव गोयलले अध्यक्षता गरेका थिए। सभाले आव २०७९/०८० का लागि कम्पनीको प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका आर्थिक विवरणहरू पारित गरेको छ। त्यस्तै, आगामी आ।व। २०८१/०८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित भएको जनाइएको छ।
त्यसरी नै सभाले कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाखको ८.५५ प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार ५ सय पुग्ने कम्पनीले जनाएको हो।












समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज