
बुटवल । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले औपचारिक रूपमा बुटवलमा आफ्नो सेवाको सुरुवात गरेको छ । आज बिहीबार बुटवलको डि क्राउन इनमा आयोजित उद्घाटन कार्यक्रममा यसको घोषणा गरिएको हो ।
काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा र चितवनमा आफ्नो सेवा विस्तार गरिसकेको फुडमाण्डुले १ हजार भन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी गर्दै ३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा पु¥याउँदै आएको छ । कम्पनीले हालै ‘वानमार्ट’ नामक नयाँ सेवाको पनि सुरुवात गरेको छ जसले किराना तथा अन्य उपभोग्य वस्तुहरुको तुरुन्त डेलिभरी गर्दछ ।
बुटवलमा आयोजित उद्घाटन कार्यक्रममा फुडमाण्डुकी ब्रान्ड र मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भनिन् ‘हामी फुडमाण्डुलाई बुटवलमा पनि ल्याउन पाउँदा उत्साहित छौं । अब बुटवलवासीहरूले आफूलाई मनपर्ने रेस्टुरेन्टबाट केही क्लिकमै खाना अर्डर गर्न सक्नुहुनेछ । हामी बुटवल र आसपासका क्षेत्रका ग्राहकहरूलाई सेवा प्रदान गर्न निकै उत्सुक छौं ।’ त्यसैगरी कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले बुटवलमा सेवा विस्तार गर्नु महत्वपूर्ण भएको बताए । ‘बुटवलमा फुडमाण्डुको सेवा विस्तार गर्नु हाम्रो लागि एक महत्वपूर्ण उपलब्धि हो । पार्टनर रेस्टुरेन्टहरूको बलियो सञ्जाल र गुणस्तरीय सेवाप्रति प्रतिबद्धतासहित हामी बुटवलका बासिन्दाहरूलाई उत्कृष्ट फुड डेलिभरी अनुभव प्रदान गर्न उत्साहित छौं,’ उनले भने ।
फुडमाण्डुले बुटवलमा २५ भन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी गरिसकेको छ । यी रेस्टुरेन्टहरूमार्फत बुटवल, तिलोत्तमा, कोटिहवा, फूलबारी, पिप्रैया, सैना मैना र वरपरका क्षेत्रमा सहज खाना डेलिभरीको व्यवस्था गरिएको छ । रेस्टुरेन्टको नेटवर्क विस्तार गर्ने योजना अनुसार बुटवलवासीहरूले अब विविध स्वादका खानाहरू घरमै अर्डर गरी आनन्द लिन सक्नेछन् ।
बुटवल लन्चको खुसीयालीमा फुडमाण्डुले ‘हाइ बुटलव’ प्रोमो कोड सार्वजनिक गरेको छ । यो प्रोमो कोड मार्फत बुटवलका ग्राहकहरूले फुडमाण्डु एप प्रयोग गरी प्रत्येक अर्डरमा ३० प्रतिशत (अधिकतम रु.२५० सम्म) छुट प्राप्त गर्न सक्नेछन् । यो अफर माघ महिनाभरका लागि लागू हुनेछ ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो