
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन परेको छ । अर्थ मन्त्रालयका अनुसार आवेदन दिने अन्तिम दिन शुक्रबारसम्म अध्यक्षका लागि १२ जनाको आवेदन परेको हो ।
प्राधिरकणको अध्यक्षका लागि पूर्वअध्यक्षदेखि प्राधिकरणकै कार्यकारी निर्देशकसम्मले आवेदन दिएको बुझिएको छ । त्यस्तै नेपाल सरकारका केही पूर्वसचिवहरुले पनि आवेदन दिएको छन् ।
आवेदन दिनेमा कमल प्रसाद रेग्मी, डा.देवराज रोका, शरद ओझा, चिरन्जिबी चापागाइ, विष्णु बाबु मिश्र, बुद्ध काजी श्रेष्ठ, दामोदार वसौला, डिम प्रसाद पौडेल, राम शरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोद काजी श्रेष्ठ रहेका छन् । यी १२ जनामध्ये अध्यक्ष सिफासिर समितिले ३ जनाको नाम सरकार समक्ष सिफारिस गर्नेछ । जसमध्ये एक जनालाई सरकारले अध्यक्षका रुपमा नियुक्त गर्नेछ ।
आवेदेन दिएका मध्ये रेग्मी बिमा प्राधिकरणका निर्देशक हुन् भने चापागाईं साविकको बिमा समितिका अध्यक्ष भइसक्का व्यक्ति हुन् । पत्रकार समेत रहेका ओझा प्राध्यापन पेसामा पनि संलग्न छन् । उनी अधिवक्तासमेत हुन् । त्यस्तै पुडासैनी नेपाल सरकारका पूर्वसचिव हुन् भने रमण नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक एवं नागरिक लगानी कोषका पूर्वप्रमुख हुन् । उनी हाल लक्ष्मी सनराइज बैंकका अध्यक्ष छन् ।
विक्रान्त पाण्डे लामो समयदेखि विभिन्न बीमा कम्पनीमा काम गरेका व्यक्ति हुन् । पछिल्लो समय उनले नेपाल इन्स्योरेन्समा उपमहाप्रबन्धकको जिम्मेवारीबाट बाहिरिएका हुन् । त्यस्तै आवदेन दिएका डिमप्रसाद पौडेल नेपाल एयरलाइन्सका पूर्वमहाप्रबन्धक हुन् । दामोदर बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष हुन् । डा. देवराज रोका (कल्याण) युवा स्वरोजगार कोषका पूर्वउपाध्यक्ष हुन् । विष्णुबाबु मिश्र निक्षेप तथा कर्जा सुरक्षण कोषका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ)हुन् । बुद्धकाजी श्रेष्ठ तत्कालीन युनाइटेड इन्स्योरेन्सका सञ्चालक हुन् ।












समाचार
ऊर्जामा निजी क्षेत्रका समस्या सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गरिने
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त
असफलता लुकाउन राज्य अराजकताको प्रायोजकः महामन्त्री प्रदीप पौडेल
सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न
बागलुङमा पर्खाल भत्किंदा पुरिएर बालकको मृत्यु
मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र
नेपाल बैकंद्वारा ग्रामीण विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण
हराएका ५१ दुईपांग्रे सवारीसाधन फिर्ता
बर्खामा यातायात सञ्चालन गर्न कल्भर्ट र पक्की पुल निर्माण
दोवा-सोवाङ-चिमखोला पदमार्ग पहिचान