
नेपाल उसु महासंघका महासचिव तथा दक्षिण एसियाली उसु महासंघका सचिव ल्हाक्पा छिरिङ लामा एसियाली उसु महासंघको प्रचारप्रसार तथा प्रवद्र्धन समितिको कार्यकारी सदस्यमा नियुक्त भएका छन् ।
जापानको आइची प्रान्तस्थित नागोया सहरमा सेप्टेम्बर १९ मा सम्पन्न एसियाली उसु महासंघको २०औँ महासभाले लामालाई सन् २०२६ देखि २०३० सम्मको चारवर्षे कार्यकालका लागि उक्त जिम्मेवारी दिएको हो ।
नियुक्तिपछि लामाले एसियाली उसु महासंघका अध्यक्ष, महासचिव, पदाधिकारी तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गरेका छन् । उनले आफ्नो अनुभव र क्षमतालाई उपयोग गर्दै एसियाली क्षेत्रमा उसु खेलको विकास, विस्तार र प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
लामाले सदस्य राष्ट्रहरूबीच सहकार्य र एकता सुदृढ गर्ने, युवापुस्तालाई उसु खेलप्रति आकर्षित गर्ने तथा अन्तर्राष्ट्रियस्तरमा यस खेलको पहिचान र लोकप्रियता बढाउन पहल गर्ने बताएका छन् ।
उनले आफ्नो नियुक्तिलाई व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई नेपाली उसु खेल क्षेत्रकै गौरवका रूपमा लिएका छन् । यस जिम्मेवारीले एसियाली खेलकुद क्षेत्रमा नेपालको प्रतिनिधित्व थप बलियो बनाउनुका साथै नेपाली उसुको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।













समाचार
आजदेखि उपत्यकामा ११ स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साट्न पाइने (सूचीसहित)
लिभरपुललाई हराउँदै सिटीको शतप्रतिशत जित यात्रा
रियाद विमानस्थललाई लक्षित गरी दोस्रो पटक आक्रमण, १ जनाको मृत्यु, ११ घाइते
जनकपुर चुरोट कारखानाको डीडीए सम्पन्न, लेनादेना भए २१ दिनभित्र दाबी गर्न आग्रह
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र सङ्ग्रौला विजयी
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
दोहोरो वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
विदेशी विनिमयदर : कुन मुद्राको सटहीदर कति ?
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया