
झापा । भद्रपुर नगरपालिकाको खायन आलुखेती कार्यक्रमअन्तर्गत एक सय ५० जना किसान लाभान्वित भएका छन् । पालिकाले कम्तीमा दुई कट्ठा जमिनमा आलुखेती गर्ने किसानलाई प्रतिकट्ठा रु दुई हजार अनुदान दिएको थियो ।
नगरप्रमुख गणेश पोखरेलका अनुसार यो कार्यक्रम किसानलाई तरकारीखेतीमा आत्मनिर्भर बनाउनका साथै व्यावसायिक उत्पादनतर्फ प्रेरित गर्न सञ्चालन गरिएको हो । किसानको उत्पादनलाई बजारीकरण गर्न नगरपालिकाले छिट्टै विभिन्न स्थानमा बिक्री केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको छ । पालिकाले उपलब्ध गराएको अनुदानपछि स्थानीय भद्रपुर–३ बेसाबारीका किसान मेवा गणेशले १० कट्ठा जमिनमा आलुखेती गरेर रु तीन लाख ५० हजार आम्दानी गर्न सफल भएको बताए ।
‘आलुखेती आम्दानीको भरपर्दो स्रोत बनेको छ, बजारको समस्या छैन’, उनले भने, ‘आलु बिक्री गरेर सोही जमिनमा पुनः आलु लगाएको छु ।’ स्थानीय किसान मोहनलाल गनगाईँका अनुसार व्यापारी बारीसम्म नै तरकारी किन्न आउने भएकाले बजारको समस्या छैन । पालिकाले अझै पनि प्राविधिक रूपमा स्थानीय किसानलाई सहयोग गरे आलुसँगै अन्य तरकारीखेतीमा राम्रो प्रतिफल निकाल्न सकिन्छ ।
नगरवासीलाई विषादीरहित अग्र्यानिक तरकारीप्रति आकर्षित गराउने पालिकाको उद्देश्य रहेको साथै भद्रपुर नगरपालिकाले कृषि क्षेत्रमा अन्य क्षेत्रको तुलनामा बढी बजेट विनियोजन गरेको उपप्रमुख कार्कीले उल्लेख गरे । यस वर्ष खायन आलुखेती प्रवद्र्धन कार्यक्रमका लागि पालिकाले स्थानीय एक सय ५० किसानलाई रु २० लाख अनुदान वितरण गरिएको कृषि प्रविधिक सुमन विमलीले जानकारी दिए । किसानले आलु लगाएको क्षेत्रफलका आधारमा उक्त अनुदानको रकम वितरण गरिएको उनले बताए ।
यसैगरी भद्रपुर नगरपालिकाले ‘नगरप्रमुख तरकारीखेती कार्यक्रम’अन्तर्गत कम्तीमा पाँच कट्ठा जमिनमा एउटै किसमको तरकारीखेती गर्ने किसानलाई लागतको ७५ प्रतिशत अनुदान वितरण गर्ने कार्यक्रमसमेत सञ्चालन रहेको कृषि प्राविधिक विमलीले जानकारी दिए ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?
आइसिएफसि फाइनान्सको नाफा उच्च गिरावट, अन्य सूचक कस्ता ?
महुली लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
साप्सु कालिका हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, के-के छन् एजेण्डा ?
‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’
राष्ट्रियसभाको बैठक बस्दै, के छन् एजेन्डा?
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो
इरानप्रति ट्रम्पको ‘यु–टर्न’ : आक्रमण रोकेर वार्ताको घोषणा