
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संंस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालको विकासमा कानुन बाधक रहेको बताएका छन् । आइतबार राष्ट्रिय निकुञ्जभित्र जलविद्युत् आयोजनाको भविष्यका बारेमा आयोजित पत्रकारसम्मेलनमा अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।
काम गर्नका लागि नेपालको कानुन बाधक रहेको भन्दै उनले भने, ‘एउटाले काम गर भन्छ तर बनको कानुनले रोक्छ ।’ अहिलेको कानुनले गर्दा जलविद्युत् आयोजना निर्माण भएपछि पनि विद्युत्को वितरण गर्न समस्या हुने उनको भनाइ छ ।
‘सरकारले २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ । त्यसमध्ये १३ हजार मेगावाट आफ्नै देशमा खपत गर्ने भनिएको छ । तर, बनका कारणले विद्युत लाइन विस्तारमा समस्या भइरहेको छ,’ उनले भने ।
ट्रासमिसन लाइन विस्तारका लागि बन बाधक रहेको उनको भनाइ थियो । ‘हामीहरु यो विषयमा सरोकारवाला निकासँग आग्रह गर्दा गर्दै हत्तु भैसकेका छौं । उल्टो कानुन र गैरजिम्मेवारी निर्णयका कारण १९ हजार मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्नका लागि समस्या छ,’ उनले भने ।
यसले गर्दा राज्यलाई ठूलो क्षति पुग्ने उनको भनाइ छ । निजी क्षेत्रले लगानी गर्न सक्ने अवस्था रहेको भन्दै राज्य तथा सरोकारा वाला निकायले पनि ध्यान दिनुपर्ने उनको भनाइ छ।













समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज