
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले करिब ५ लाख कित्ता सेयर बिक्रीमा लिलाम मार्फत बिक्रीमा राख्ने भएको छ । कम्पनीले यही माघ २१ गतेदेखि अवितरित ४ लाख ९२ हजार ५७७ कित्ता (सर्वसाधारण समूह) हकप्रद सेयर लिलाम मार्फत बिक्री गर्ने भएको हो ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । सेयर इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले किन्न सक्नेछन् । सेयर किन्न आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, ठमेल काठमाडौं वा एलआईसीका विराटनगर, वीरगंज, पुतलीसडक, पोखरा, नेपालगञ्ज, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।
आवेदन दिने अन्तिम मिति फागुन ५ गते सोमबार कार्यालय समयसम्म मात्रै रहेको छ । कम्पनीले कात्तिक ९ गतेसम्म कायम सेयरधनीका लागि गत मंसिर १२ देखि पुस १७ गतेसम्म ८८.४५ प्रतिशतका दरले २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
बिक्री अवधिभर रितपूर्वक आवेदन दिएका ११ हजार ४६८ जनालाई २ करोड २९ लाख ७५ हजार ४२३ कित्ता सेयर बाँडफाँड गरेको थियो । यसरी बाँडफाँडपछि बाँकी रहेको सेयर लिलाम मार्फत् बिक्री गर्न लागेको हो ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह