
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्ने बताएका छन् । बुधबार थापाथलीमा रहेको परिसंघको कार्यालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष अग्रवालले अहिले नेपालको अर्थतन्त्र आयातमा निर्भर रहेकाले यसलाई उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनु परिसंघको उद्देश्य रहेको बताए ।
चार वर्षको अथक प्रयासपछि मन्त्रिपरिषद्ले स्वदेशी वस्तुको उपयोग सम्बन्धी कार्यविधि पारित गरेको उनको भनाइ छ । मेकइन नेपालको उद्देश्य नेपालमा उत्पादन गरेर नेपाली वस्तुको उपयोग गर्ने रहेको बताए । परिसंघले पूर्वधार सम्बन्धी गोष्ठि र महिलाहरुलाई सक्षम बनाउने खालका कार्यक्रम गरिरहेको र त्यसबाहेक सञ्चारकर्मीहरुसँग नयाँ कार्यक्रम सुरु गरेको उनले उल्लेख गरे ।
उनले भने, ‘कतिपय विषयहरु टेक्निकल हुन्छ । त्यसमा हाम्रो मिडियाको साथीहरुलाई थाहा नभएको र निजी क्षेत्रको कुराको पनि राम्रो ज्ञान होस् भनेर सञ्चारकर्मीहरुसँग नयाँ कार्यक्रम सुरु गरेको हो । यसको सन्र्दभमा हामीले आयकर ऐन २०५८ को दफा ५७ को बारेमा छलफल गरेका छौँ । जसले गर्दा विदेशी लगानी र स्वदेशी लगानीमा कहाँ समस्या आएको छ भनेर बहस गरेका थियौँ । यो गर्दा एक आपसमा छलफल हुन्छ भनेर नै छलफल गरेका हौँ । छलफलले परिसंघ र मिडियाको एक आपसमा राम्रो सम्बन्ध पनि हुन्छ ।’
अग्रवालले हिजो मात्रै विद्युत प्राधिकरणले लोडसेडिङ गर्ने घोषण गरेको बताए । अघिल्लो वर्ष तामाकोशी चलेको थियो त्योेबला पनि उद्योग १२ घन्टासम्म लोडसेडिङमा नै रहेको बताए । ‘अघिल्लो वर्ष तामाकोशी चलेको थियो त्योेबला पनि उद्योग १२ घन्टा लोडसेडिङमा बसेको थियो । अहिले तामाकोशीको बाहानामा हुँदैन भन्ने कुरा कतिसम्म ठिक छ ? भन्ने छलफलको विषय हो । त्यो बेलापनि भारतबाट आयात गर्न सकिन्थ्यो तर आफूलाई नेट एक्स्पोर्टर देखाउनको लागि आयात नगरेको अवस्था थियो । जिरो रकमले नेट एक्स्र्पोटर देखाइएको थियो अन्तिममा गएर त्यो बेला विद्युत प्राधिकरणको मातहतमा नेट एक्स्पोर्टर नभएर अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने थियो भन्ने कुरा पनि मुख्य हो ।
लोडसेडिङले उद्योगलाई आर्थिक रुपमा प्रभाव धेरै पर्छ । विद्युत भनेको उत्पादन क्षेत्रको कच्चा पदार्थ नै हो । तर, त्यसको उपलब्धता नहुँदा हामी आत्मनिर्भर अर्थतन्त्र, आयात प्रतिस्थापनको कुरा गर्ने सोचमा मात्रा रहन्छ जस्तो लाग्छ । किन भने विद्युतको उपलब्धता जस्तो सानो कुरा पनि नहुनु भनेको हाम्रो लागि र्दुभाग्य पनि हो,’ उनले भने ।













समाचार
भारत भ्रमणदेखि तल्लो अरुणसम्म, प्रधानमन्त्री कार्यालयका १५ प्रमुख काम सार्वजनिक
रनग रिन्पोछे “डोल्पो बुद्ध” को कृति ‘दीप’ सार्वजनिक हुँदै
दक्षिण कोरियाली संस्थाको सहकार्यमा बाढीपीडित परिवारलाई राहत
भोटेकोशी बाढीपीडितका लागि ब्रिटिश गोर्खासम्बद्ध संस्थाद्वारा ६२ लाखभन्दा बढी सहयोग हस्तान्तरण
रोमानियामा ६ सय नेपाली श्रमिक आन्दोलनमा, काम र तलब नपाएको गुनासो
दिल्लीमा प्रधानमन्त्री बालेनको २५ घण्टा
चारुमती विहारको इतिहास झल्काउने मूर्ति भारतीय राष्ट्रपतिलाई उपहार दिँदै प्रधानमन्त्री बालेन
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन