काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा बार्साले भ्यालेन्सियालाई ७–१ को फराकिलो अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन फिर्मिन लोपेजले २, फ्याङकी डी जोङ, फेरान टोरेस, राफिन्हा र रोबर्ट लेवान्डोवस्कीले समान १ गोल गरे । १ गोल आत्मघाती भयो । भ्यालेन्सियाका लागि ह्युगो डुरोले गोल गरे ।
जितसँगै बार्सिलोना २१ खेलमा ४२ अंकका तेस्रो स्थानमा छ । भ्यालेन्सिया समान खेलबाट १६ अंकका साथ रेलिगेसन जोनमा छ ।