
काठमाडौं । रियल म्याड्रिडले ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोनासँगको अंक दूरी घटाउने मौका गुमाएको छ । गए राति भएको खेलमा पराजित भएसँगै उसको उपाधि यात्रामा समेत धक्का लागेको हो ।
आफ्नै घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा गेटाफेले रियललाई १–० को हार चखाएको हो । उसका लागि ३९ औं मिनेटमा मार्टिन सात्रियानोले गरेको गोल खेलको निर्णायक बन्यो । ला लिगमा रियलको यो लगातार दोस्रो हार हो । २६ खेलपछि रियल बार्सिलोनाभन्दा ४ अंकले पछाडि छ ।
रियल यो खेलमा पनि किलियन एमबाप्पे बिना मैदान उत्रिएको थियो । उनी घुँडाको चोटका कारण मैदान बाहिर छन् । साथै जुड बेलिङ्घम पनि चोटका कारण खेल्न सकेनन् । रियलले खेलभरि आक्रमण गरे पनि गेटाफेका गोलरक्षक डेभिड सोरियाले उत्कृष्ट बचाउ गरे । भिनिसियस जुनियर ले राम्रो मौका पाए पनि गोल गर्न सकेनन् ।
इन्जुरी समयमा रियलका फ्रान्को मास्तान्तुओनोले रेफ्रीसँग विवाद गरेपछि रातो कार्ड पाए । गेटाफेका आद्रियन लिसो पनि दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । रियलले अब शुक्रबार सेल्टाभिगो सँग खेल्नेछ ।













समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक