सभापति कपको उपाधि संकटालाई, सडन डेथमा आयोजक पराजित

काठमाडौं । सभापति कप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लबले जितेको छ । आज भएको खेलमा सडन डेथमा आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई पराति गर्दै उपाधि जितेको हो ।

सडनडेथमा संकटाका गोलकिपर दिप कार्की नायक बने । उनले पेनाल्टीसुट आउटमा उत्कृष्ट प्रदर्शन गरपछि उपाधि जित्न सफल भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा संकटा एफसीले आयोजक टिमलाई सडनडेथमा ४–३ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टीसुटआउटमा पुगेको थियो । आयोजक टिमका गोलकिपर विशेकले संकटाको सुरुवाती दुई पेनाल्टी प्रहार बचाउँदै सानदार सुरुवात गरेको थियो । तर खेलले नाटकिय मोड लिँदा नतिजा संकटाकोपक्षमा गयो । संकटाका लागि लक्षु थापा, साम कार्लोस, दिप कार्की र सुनिल खड्काले गोल गरे ।

संकटाका गोलकिपर दिप कार्कीले बागमतीका कुलदिप कार्की र गौरव श्रेष्ठको प्रहार बचाएका थिए । बागमतीका रजत तिवारीको प्रहार पोष्ट भन्दा बाहिर गयो । त्यसअघि निर्धारित समयमा दुवै टोलीले गोलका लागि अवसर बनाउन सकेनन् । दुवै टोली फिनिसिङ थर्डमा चुकेको थियो । प्रतियोगिताको विजेताले नगद २६ लाख हात पार्नेछन् । उप विजेताले १३ लाख रुपैयाँ नगदै पाउने छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार