
काठमाडौं । इंग्लिस मिडफिल्डर जुड बेलिङहमको उच्च प्रदर्शनमा रियल म्याड्रिडले सहज जित निकालेको छ । रियलले गए राति भएको खेलमा जिरोनामाथि सहज जित दर्ता गर्दै स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी छोट्याएको हो ।
रियलले घरेलु टोली जिरोनामाथि ३–० गोलको सहज जित निकाल्न सफल भयो । रियलको जितमा जुड बेलिङहम, आरदा गुलर र केलियन एमबाप्पेले गोल गरे । बेलिङहम एक असिस्ट पनि प्रदान गरे । पहिलो हाफको बेलिङहमको गोलबाट अग्रता लिएको रियलले दोस्रो हाफमा गुलर र एमबाप्पेको गोलबाट जित सुनिश्चित गर्यो । जिरोनामा शनिबार राति भएको खेलमा घरेलु टोलीविरुद्ध सुरुवातमा संघर्ष गर्नु परेपनि रियलले ३६औं मिनेटमा बेलिङहमको गोलबाट पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो ।
५५औं मिनेटमा टर्किस युवा प्रतिभा आरदा गुलरले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । सुरुवाती दुई गोलमा संलग्न बेलिङहमले चोटका कारण ६१औं मिनेटमा मैदान छाड्न पर्यो । त्यसको एक मिनेटपछि नै एमबाप्पेले गोल गर्दै रियललाई ३–० को अग्रता दिलाए । यसै सिजन रियल आएका एमबाप्पेको यो रियलका लागि १० औं गोल हो । त्यसपछि थप गोल निस्कन नसक्दा रियलले महत्वपुर्ण ३ अंक बटटुल्न सफल भयो ।
जिरोनामाथिको सहज जितसँगै रियलले शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी २ मा छोट्याएको छ । रियलले अझै एक खेल कम खेलेको छ । दोस्रो स्थानमा रहेको रियलको १६ खेलबाट ३६ अंक पुगेको छ । एक खेल बढी खेलेको बार्सिलोनाको ३८ अंक छ । रियलसँग पराजित जिरोना २२ अंक जोडेर आठौं स्थानमा छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह